Oct 06 2026 | २०८३, आश्विन २० गते

कलेज ड्रेसमै माइतिघर पेग्यो जेनजी ।

कलेज ड्रेसमै माइतिघर पेग्यो जेनजी ।

  • 463
    SHARES

  • कलेज ड्रेसमै माइतिघर पेग्यो जेनजी ।

    २३ भदौ, काठमाडौँ । देशमा भईरहेको बेथिति, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा Gen Z पुस्ताले प्रदर्शन गर्दैछन् ।

    सोमबार बिहान ११ बजेबाट हुने भनिएको प्रदर्सनमा बिहान बाटै कलेज ड्रेसमै Gen Z पुस्ता काठमाडौको माइतिघर लगाएत देशका विभिन्न ठाउहरुमा प्रदर्शनमा उत्रेका हुन्।

    FB_IMG_1757305317895.jpg

    बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । कलेज ड्रेस लगाएर युवा विद्यार्थीहरु प्लेकार्डसहित आइपुगेका छन् ।

    Screenshot_2025-09-08-09-50-42-67_f598e1360c96b5a5aa16536c303cff92.jpg

    जेनजीले हिजो एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

    FB_IMG_1757305328514.jpg

    जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

    1757303210385.jpg

    आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

    1757303203343.jpg

    images
    सोमवार, भाद्र २३ २०८२०९:५९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार