सोमवार, भाद्र २३ २०८२
२३, भदौ,/ काठमाडौँ। निजी विद्यालय संचालकहरुद्वारा पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । जेनजी पुस्ताहरूको आन्दोनका कारण सिर्जना भएको गम्भीर परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।
निजी विद्यालयका छाता संगठनहरूको संयुक्त आन्दोलन परिचालन समितिद्वारा पूर्वघोषित भदौ २४ र २५ गते काठमाडौँमा सञ्चालन गर्ने भनिएको शैक्षिक आन्दोलनको कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको नेसनल प्याब्सनका महासचिव प्रकाश खड्काले जानकारी दिए ।