सोमवार, भाद्र २३ २०८२
२३, भदौ/ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पूर्ण विद्यालयहरू भोलिबाट तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको छ।
आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।
त्यसैगरी काठमाडौ विश्वविद्यालयले भोलि २४ गते पठनपाठन नगर्ने जानकारी दिएको छ। भने बुटवल उपमहानगरपालिकाले समेत भोलि विदा दिएको छ।