Oct 03 2026 | २०८३, आश्विन १७ गते

सिसिटिभी फुटेजमा भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासन

सिसिटिभी फुटेजमा भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासन

  • 780
    SHARES

  • सिसिटिभी फुटेजमा भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासन

    २८, भदौ/बुटवल । सिसिटिभी फुटेजमा बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न देखिएको कालिका मानव ज्ञान माविका एक शिक्षक निष्कासनमा परेका छन्। भदौ २४ गते राति भएको लुटपाटमा विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरिएको हो।

    कपिलवस्तु निवासी शुक्लाले विद्यालयमा तीन वर्षदेखि कम्प्युटर विषय पढाइरहेका थिए। उनी निमावि तहका निजी स्रोतका शिक्षक थिए। लुटपाटमा संलग्न भएको तस्बिर र भिडियो सार्वजनिक भएपछि उनलाई विद्यालयले स्पष्टीकरण मागेको थियो। तर, शुक्लाले त्यसको जवाफ दिन सकेनन्।

     मिति २०८२ साल भदौ २४ गते भएको Gen-Z को प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिंता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको विद्यालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

    1757760572023.jpg

    images
    शनिवार, भाद्र २८ २०८२०४:३८:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार