Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन

विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन

  • 441
    SHARES

  • विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन

    ३१, भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।सोमबार एक मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    सोही गुनासोको आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालनमा पोस्ट नगर्न भनेको हो ।

    बिज्ञप्तिमा लेखिएको छ, राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाको च. नं. अ. १६/२२७ मिति २०८२/०५/०४ को पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाईं पोष्ट गर्ने कार्य गरेको भनि गुनासो प्राप्त भएकोले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ ।'

    FB_IMG_1757989247122.jpg

    images
    मंगलवार, भाद्र ३१ २०८२०८:०९:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार