आइतवार, आश्विन ५ २०८२
५ असोज, काठमाडौँ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्किले मन्त्रीनण्डल बिस्तार गर्नुभएको छ। प्रधानमन्त्री कार्किको सिफारिसमा राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको हो।
राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।
स्रोतका अनुसार राष्ट्रपतीले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रीना बैज्ञानिक महाबिर पुनलाई नियुक्त गर्नुभएको छ। साथैअनिल कुमार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।
