मंगलवार, आश्विन ७ २०८२
७, असोज / काठमाडौँ। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनने सबै सामुदायिक विद्यालयहरूमा अनिवार्यरूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न निर्देशन दिनुभएको छ। मन्त्री पुनले देशैभरका हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिनुभएको हो।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिएको मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।
यस्तै उनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्ने र ननिकाल्नेहरूको अनुदान रोक्न पनि निर्देशन दिएका छन्। साथै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर बगैँचासहित फुटपाथ बनाउन पनि उनले निर्देशन दिएका छन्।