बुधवार, आश्विन ८ २०८२
८ , असोज/ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्– 'अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।'
सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष तयार पारेर काममा जुटेका छन् ।
