Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईमा ८० भन्दा बढी नम्बर दिए बिषय शिक्षकले कारण खुलाउनु पर्ने !

एसईईमा ८० भन्दा बढी नम्बर दिए बिषय शिक्षकले कारण खुलाउनु पर्ने !

  • 905
    SHARES

  • एसईईमा  ८० भन्दा बढी नम्बर दिए बिषय शिक्षकले कारण खुलाउनु पर्ने !

    राष्ट्रिय परीक्षा बोर्डले एसइई (SEE) मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

    बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेको हो ।

    विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

    ‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,। बोर्डका प्रवक्ता अर्यालले भने ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’

    परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ। जस अनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापक समिति संयोजक र गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्।

    images
    मंगलवार, आषाढ १ २०७८०८:५६:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार