Jul 27 2026 | २०८३, श्रावण ११ गते

मौसम सुधार भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू घर फर्किंदै

मौसम सुधार भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू घर फर्किंदै

  • 345
    SHARES

  • मौसम सुधार भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू घर फर्किंदै

    १९, असोज/ काठमाडौँ । अविरल बर्षाका कारण आएको बाढीको जोखिममा परि काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्केका छन् । हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकीछन् ।

    बिशेष गरि बागमती किनारामा जोखिममा रहेका परिवारहरूका लागि महानगरपालिकाभित्रका करिब बिभिन्न सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो । तीमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरी राखिएको थियो ।

    जसमध्ये विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) थिए ।

    images
    आइतवार, आश्विन १९ २०८२०३:०३:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार