Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षामन्त्री पुनद्वारा एकैदिनमा तीन ठाउँमा अनुगमन र तिन बुँदामा निर्देशन ।

शिक्षामन्त्री पुनद्वारा एकैदिनमा तीन ठाउँमा अनुगमन र तिन बुँदामा निर्देशन ।

  • 421
    SHARES

  • शिक्षामन्त्री पुनद्वारा एकैदिनमा तीन ठाउँमा अनुगमन र तिन बुँदामा निर्देशन ।

    २४ असोज/ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले शिक्षा मन्त्रालय अन्तर्गत नास्ट, शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा स्थलगत अनुगमन गरेका छन्।

    अनुगमनका क्रममा मन्त्री पुनले नास्टमा २ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरेका थिए। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन सबैलाई निर्देशन दिएका छन्।

    त्यसैगरो मन्त्री पुनले शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टा सम्म छलफल गरि शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने बारे छलफल गरेका छन्।

    बुधबारनै मन्त्री पुनले पाठ्यक्रम विकास केन्द्रमा २ घण्टा छलफल गरे। उनले सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएका छन। साथै आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएका छन्।

    मन्त्री पुनले फेसबूक मार्फत जानकारी दिएका तीन बुँदामा निर्देशन ।

    १) नास्टमा २ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको इछु। भवन र ल्यावहरु उच्च कोटीका छन्। भवन र ल्याव अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ।

    २) शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टा सम्म छलफल भयो। शिक्षकहरुको दखन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने ।

    ३) पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो। सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु। आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको छु।

    images
    बिहिवार, आश्विन २३ २०८२०९:५५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार