Jul 27 2026 | २०८३, श्रावण ११ गते

चन्द्रपुरमा आधारभूत विद्यालयका शिक्षकहरूको बैठक सम्पन्न

चन्द्रपुरमा आधारभूत विद्यालयका शिक्षकहरूको बैठक सम्पन्न

  • 482
    SHARES

  • चन्द्रपुरमा आधारभूत विद्यालयका शिक्षकहरूको बैठक सम्पन्न

    २५, असोज। चन्द्रपुर नगरपालिकामा अवस्थित आधारभूत तहसम्मका विद्यालयका प्रधानाध्यापकहरूको एक महत्वपूर्ण बैठक आज सम्पन्न भएको छ। बैठक शुक्रबार चन्द्रपुर–४ मा अवस्थित श्री वसन्त पञ्चमी निमाविको सभाहलमा बसेको हो।

    विद्यालयहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले गरिएको यस भेलामा नगर क्षेत्रका करिब २० वटा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

    Business Suite_creation_1269016381577428.jpeg

    बैठकले विद्यालयहरूबीच समन्वय र सहकार्यका लागि एक समिति गठन गरेको छ। उक्त समितिको संयोजक श्री जनता आधारभूत विद्यालय, चन्द्रपुर–१ का प्रधानाध्यापक श्री ध्रुव सिग्देल रहनु भएको छ।

    समितिको उद्देश्य नगर क्षेत्रका सम्पूर्ण आधारभूत तथा प्राथमिक विद्यालयहरूको शैक्षिक गतिविधिमा समन्वय गर्दै विद्यमान समस्याहरूमा एउटै आवाज बनाउने रहेको छ।

    Business Suite_creation_2583527258659948~2.jpeg

    बैठकले शिक्षकबीच अनुभव आदान–प्रदान, शैक्षिक गुणस्तर सुधार, र विद्यार्थीमैत्री वातावरण सिर्जनाका विषयमा समेत विस्तृत छलफल गरेको जनाएको छ।

    images
    शनिवार, आश्विन २५ २०८२०९:००:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार