बुधवार, आश्विन २९ २०८२
२९, असोज/ काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रधानमन्त्री नै कुलपति हुने प्रणालीको सट्टा, सक्षम र निष्पक्ष व्यक्तिको छनोट गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। मन्त्री पुनले मन्त्री पुनले सामाजिक सञ्जाल फेसबूकमा यस्तो धारणा ब्यक्त गरेका हुन।
शिक्षामन्त्री पुनले शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य नगरेसम्म शिक्षाको गुणस्तर सुधार्न नसकिने बताएका छन्। मन्त्री पुनका अनुसार विश्वविद्यालयहरूमा पार्टीगत प्रभाव र नियुक्ति प्रक्रियामा पारदर्शिता नहुँदा शैक्षिक वातावरण बिग्रिँदै गएको छ।
मन्त्री पुनले लेखेका छन्, “विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नगरी पढाइ–लेखाइको स्वच्छ वातावरण सिर्जना हुँदैन। विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्न सक्दैनन्।”
उनले कुलपति नियुक्तिको प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै भनेका छन्, “प्रधानमन्त्री नै कुलपति हुने प्रणालीको सट्टा, सक्षम र निष्पक्ष व्यक्तिको छनोट गर्नुपर्छ। यो कुरा मलाई धेरै प्राध्यापकहरूले सुझाएका छन्।”
मन्त्री पुनको भनाइ अनुसार, शिक्षा प्रणाली सुधारको सुरुवात राजनीतिक हस्तक्षेप हटाउने र योग्य व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने बाटोबाट हुनुपर्छ