Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को विषय दर्ता फाराम भर्ने म्याद २०८२ कार्तिक मसान्तसम्म थप

कक्षा ११ को विषय दर्ता फाराम भर्ने म्याद २०८२ कार्तिक मसान्तसम्म थप

  • 232
    SHARES

  • कक्षा ११ को विषय दर्ता फाराम भर्ने म्याद २०८२ कार्तिक मसान्तसम्म थप

    ११, कार्तिक/ काठमाडौ। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को विषय दर्ता फाराम भर्ने म्याद २०८२ कार्तिक मसान्तसम्म थप गरेको छ। कक्षा १० (SEE) को पूरक परीक्षाका प्रमाणपत्रहरू सम्बन्धित विद्यालयमा उपलब्ध भई नसकेका कारणले मिति २०८२ कात्तिक मसान्तसम्म विलम्ब शुल्क रहित र मिति २०८२ मंसिर ७ गतेसम्म विलम्ब शुल्क सहित बिषय दर्ता फारम भर्न म्याद थप गरेको हो।

    शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम बुझाउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित शैक्षिक कार्यतालिका अनुरुप मिति २०८२ कात्तिक १५ गतेसम्म विलम्ब शुल्क रहित र कात्तिक मसान्तसम्म विलम्ब शुल्क सहितका दरले हुने रकम राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचर सहित विषय दर्ता फारामहरू मिति २०८२ मंसिर ७ गते गतेभित्र बुझाउन सूचित गरिएकोमा कक्षा १० (SEE) को पूरक परीक्षाका प्रमाणपत्रहरू सम्बन्धित विद्यालयमा उपलब्ध भई नसकेका कारणले उपरोक्त समयावधि परिवर्तन गरी मिति २०८२ कात्तिक मसान्तसम्म विलम्ब शुल्क रहित र मिति २०८२ मंसिर ७ गतेसम्म विलम्ब शुल्क सहित का दरले हुने रकम बोर्डको बैंक खातामा दाखिला गरी मिति २०८२ मंसिर १० गतेभित्र Online ईन्ट्री समेत गरी बोर्डका सम्बन्धित कार्यालयहरूमा रसिद काटी फाराम बुझाउने गरी म्याद थप (संसोधन) गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

    FB_IMG_1761633519356.jpg

    images
    मंगलवार, कार्तिक १२ २०८२१२:३७:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार