Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनओसि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोडिने

एनओसि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोडिने

  • 577
    SHARES

  • एनओसि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोडिने

    १४ कार्तिक/ काठमाडौँ । नेपाल सरकारले उच्च शिक्षा अध्ययन गर्न बिदेश जाने विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय गरेको छ ।

    1761888414026~2.jpg

    बिहिवार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउन सक्नेगरी क्षेत्र तोक्ने निर्णय भएको बताएका हुन् ।

    प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पुरा गरेको एकिन गरी विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउने मन्त्री खरेलले बताए ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार