Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई २०८२ को लागि परीक्षा आवेदन फाराम खुला ।

एसईई २०८२ को लागि परीक्षा आवेदन फाराम खुला ।

  • 1.4K
    SHARES

  • एसईई २०८२ को लागि परीक्षा आवेदन फाराम खुला ।

    १७ कार्तिक/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा आवेदन फाराम खुला गरेको छ ।

    बोर्डले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौड विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत समावेश हुन आवेदन फारम खुला गरेको हो।

    यही कार्तिक १७ गतेदेखि २०८२ मंसिर १६ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर पाँच सय सहित आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।

    १ . साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागिः

    हाल कक्षा १० मा नियमित विद्यार्थीका रूपमा अध्ययनरत विद्यावीहरूले (क) रजिष्ट्रेसनको अर्धक‌ट्टीको प्रतिलिपि (ख) शैक्षिक सत्र २०८० वा सोभन्दा पहिने आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि (ग) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्रधानाध्यापकबाट प्रमाणितः संलग्न गरी विद्यालय पोसाकमा हालसाने विधिए‌को पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउंमा टांमी आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउने ।

    २. खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागिः

    (क) दूर शिक्षा खुला सिकाइ कार्यक्रम सञ्चालन निर्देशिका, (संशोधनसहित) २०६३ को दफा १५२१७ अनुसार भर्ना भई निर्देशिकाले तोकेका सबै शर्तहरू पूरा गरेको सिफारिससहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टॉसी फाराम भरी परीक्षा दस्तुरमहित सम्बन्धित विद्यालयमा बुझाउने सुना वैकल्पिक तर्फका विद्यार्थीहरूले निर्देशिका बमोजिम कक्षा ८ वा सो सरहको आधारभूत तह उत्तीर्ण गरेको दुई वर्ष पश्चात कक्षा ९२१० को कार्यक्रममा बनी भई अध्ययन गरेको (प्रमाणपत्र जारी गर्ने निकायबाट यो सूचना प्रकाशन भएपछि भेरिफिकेसन गरिएको) र जन्मदर्ता प्रमाणपत्र नां वर्षको चैत्र मसान्तमा १६ वर्ष उमेर पुग्ने) को प्रतिलिपि प्रधानाध्यापकबाट प्रमाणित गरी पेस गर्नुपर्नेछ। अनौपचारिक प्रीड विद्यालय वा खुला वैकल्पिक विद्यालयको बारेमा समन्वय इकाईले विद्यालयको अनुमति पत्रलगायत अन्य कागजात हेरी निर्देशिका बमोजिमको विद्याधवी भए नभएको एकिन गर्नुपर्ने छ ।

    (ख) अनौपचारिक प्रौड विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रौढहरूका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ से तोकेको सबै सर्तहरू पूरा गरेको सिफारिस सहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी पासपोर्ट साइजको दुईप्रति फोटी निर्दिष्ट ठाउँमा हांसी फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउने ।

    ३. २०६२ सालको माध्यमिक शिक्षा परीक्षामा समावेश हुनका लागि २०८२ चैत्र मसान्तमा १४ वर्ष उमेर पुगेकी हुनुपर्ने छ।

    विद्यालयहरूले उल्लिखित वृंदा नं. १२२ अनुसार आवेदन फाराम भर्ने विद्यार्थीहरुको नाम, चर, जन्ममिति र परीक्षा दिने विषयहरू ठिकसंग भरे नभरेको रूजु गरी पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी अंग्रेजी अल्फाबेटको बढ्‌दो क्रममा फारामहरू राखी समष्टिगत र फारामको कम मिले नमिलेको जांच गरी परीक्षा दस्तुर बापतको राजश्व जम्मा गरेको भौचर वा नगदी रसिद समेत संलग्न राखी २०८२ मङ्सिर २१ गते भित्र उक्त फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइ सक्नुपर्ने छ।

    ५. परीक्षा दस्तुर बापतको राजस्व शिक्षा विकास तथा समन्वय इकाईहरूले बैंकमा जम्मा गरिसक्ने अन्तिम मिति २०६२ मंसिर २२ गते गते सम्म कायम गरिएको छ। राजश्व शीर्षक नं. १४२२१ रहेको छ।

    ६ . शिक्षा विकास तथा समन्वय इकाईहरूले प्राप्त आवेदन फाराम कम्प्युटरमा Entry गरी रुजुसमेत गरी Electronic copy मिति २०८२ साल पुस मसान्त भित्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाइ सक्नुपर्नेछ।

    ७. राष्ट्रिय परीक्षा चोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तथा सम्बन्धित शिक्षा विकास निर्देशनालयको समन्वयमा शिक्षा विकास तथा समन्वय इकाईहरूले पनिका कक्षा १० बाट पठाए अनुसारको आठ अंकको सिम्बोल नम्बर र अल्फाबेटसमेत कायम गरी प्रवेशपत्र उपलब्ध गराउनुपर्ने छ। सम्बन्धित शिक्षा विकास निर्देशनालयसंगको समन्वयमा शिक्षा विकास तथा समन्वय इकाइहरूले २०८२ माघ ७ गते भित्र अनिवार्यरूपमा परीक्षा केन्द्र निर्धारण गरी जिल्ला परीक्षा समन्वय समितिवाट निर्णय गराई पनिका कक्षा १० र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाइ सक्नुपर्ने छ। परीक्षा केन्द्र कायम गदां विद्याचीहरूलाई पायक पर्ने गरी र इमेल, इन्टरनेट, प्रिन्टर, फोटोकपी र व्याकअप भएका विद्यालयहरूलाई प्राथमिकता दिनुपर्नेछ। परीक्षा केन्द्र निर्धारण गदो विद्यालयहरूको नाम र कोड नम्बर उल्लेख गर्नुपर्नेछ। परीक्षा केन्द्र निर्धारण गर्दा प्रतिकेन्द्र दुर्गम हिमाली क्षेत्रमा कम्तिमा १२०, पहाडी क्षेत्रमा कम्तिमा २५० र तराई, भित्री मधेस र उपत्यकामा ३०० भन्दा बढी ४०० सम्म विद्याची संख्या रहने गरी तथा ग्रेडवृ‌द्धि र प्राविधिक धारतर्फका विद्याची सङ्ख्याको आधारमा जिल्ला सदरमुकाममा बा एक भन्दा बढी रहने भए‌मा पायक पर्ने स्थानमा पर्ने गरी निर्धारण गर्नुपर्नेछ।

    स्वीकृत फारामको अभिलेख प्रति (Office Copy) राष्ट्रिय परीक्षा बोर्डले माग गरेको बेला प्रस्तुत गर्ने गरी सुरक्षित राख्ने र प्रवेशपत्र (Student Copy) की शिक्षा विकास तथा समन्वय इकाईले सिम्बोल नम्बर कायम गरी सम्बन्धित विद्यार्थीले परीक्षाको समयमा प्राप्त गर्ने गरी विद्यालयमार्फत वितरण गर्ने व्यवस्था मिनाउनुपर्ने छ।

    ९. आवेदन फाराम भर्ने विद्यार्थीले आफू नियमित रूपमा अध्ययन गरेको विद्यालयवाट मात्र आवेदन फाराम भर्नुपर्नेछ। एकभन्दा बढी विद्यालय वा स्वानयाट फाराम भरेको पाइए‌मा त्यस्ता दुवै तर्फका फारामहरू रद्द गरिनेछन्। कक्षा १० मा अन्य विद्यालय तथा जिल्लाबाट स्थानान्तरण भई नयाँ भनो हुन आउने विद्यार्थीको हकमा संशोधित शिक्षा नियमावलीअनुसार गर्ने र त्यस्ता खाले विद्यार्थीको छुट्टै अधिलेख राखी पनिका र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाउनुपर्ने छ।

    १०. तोकिए‌को समयभित्र आवेदन फाराम नभने विद्यार्थीहरूले एसइइ परीक्षा २०८२ मा सामेल हुन पाउने छैनन्। त्यसका लागि सम्बन्धित विद्यालयहरूले समयमै सबै विद्यार्थीबाट फाराम भराउने व्यवस्था मिलाउनुपर्ने छ।

    ११. विद्यालयले प्रयोगात्मक अड्क तालिका र अन्य विवरणसहितका कागजात २०८२ माघ मसान्तभित्र शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउने र इकाईले २०८२ फाल्गुण ७ गतेभित्र राजश्वको विवरण, अयोग्य विद्यार्थीहरूको विवरण र विद्याचीहरूको प्रयोगात्मक बड्क समेत पनिकामा अनिवार्य आइपुग्ने गरी पठाउनुपर्ने छ। राजस्वको विवरण पठाउँदा विद्यालय कोडको बढ्‌दो क्रममा विद्यालयगत विद्यार्थी संख्या र विद्यालयले बुझाएको राजस्व रकम स्पष्ट खुल्ने विवरण तयार गरी पठाउनुपर्ने छ ।

    १२. खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयहरुने रजिष्ट्रेशन र आवेदनसंगै भर्नुपर्ने छ।

    १३. बेडवृद्धि तर्फ (साधारण परम्परागत, प्राविधिक, खुला तथा वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका परीक्षार्थी)

    ७. २०७९ सालको नियमित या ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयहरूमा D वा E ग्रेड प्राप्त परीक्षार्थीहरू वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहेमा उक्त विषयहरूमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने छ। २०८० सालको नियमित वा ग्रेडवृद्धि (पूरक) परीक्षाका परीक्षार्थीहरुले NG आएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नु भराउनुपर्ने छ। आवेदन फाराम भर्दा परीक्षार्थीले आफूले नियमित अध्ययन गरेको विद्यालयबाट नै भर्नुपर्ने छ। एक विद्यालयले अर्को विद्यालयमा अध्ययन गरेका विद्यार्थीको आवेदन फाराम भराउन पाइने छैन। अन्य विद्यालयबाट आवेदन फाराम भराएमा स्वतः रद्द हुने छ।

    आ. त्यस्ता परीक्षार्थीहरुले हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो टाँसी आबेदन फाराम भरी देहायका कागजात संलग्न राखी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ।

    क) रजिष्ट्रेशन स्लिपको प्रतिलिपी

    ख) ग्रेडसिटको प्रतिलिपी

    ई। पेडवृद्धि तर्फका परीचाबीहरूले पहेंलो रङको फाराम मात्र प्रयोग गर्नुपर्ने छ।

    १४. सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले उल्लिखित सूचनाबमोजिम विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्नेलगायतका कार्यहरूमा सम्वन्धित प्रदेश अन्तरगतका शिक्षा विकास तथा समन्वय इकाइहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउनु हुन यस सम्बन्धी सूचना एवम् जानकारी राष्ट्रिय परीक्षा बोर्डको website neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को फोनं. ०१-६६३०८१९ मा सम्पर्क गरेर वा Website www.sen.gov.np सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयको वेबसाइट हेरेर प्राप्त गर्न सकिने छ ।

    images
    सोमवार, कार्तिक १८ २०८२०७:१७:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार