बुधवार, कार्तिक २० २०८२
१९, कार्तिक/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसईई) २०८३ मा समावेश हुन रजिस्ट्रेसन फारम खुला गरेको छ।
बोर्डले शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत/वेदविद्याश्रम/ गुरुकुल/मदरसा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले २०८३ सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा समावेश हुनका लागि रजिस्ट्रेसन खुला गरेको हो ।
राष्ट्रिय आरिक्षा बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम आज कार्तिक १९ गतेदेखि मंसिर २४ गते भित्र भर्न भराउने कार्यका लागि सम्बन्धित सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा महाशाखा/शाखा, शिक्षा विकास तथा समन्वय इकाई, तथा शिक्षा विकास निर्देशनालयहरूलाई आग्रह गरेको छ ।
यस्तो छ सूचना ।
