Jul 27 2026 | २०८३, श्रावण ११ गते

व्यवस्थापन समिति अध्यक्षद्वारा प्रधानाध्यापकलाई कुटपिट

व्यवस्थापन समिति अध्यक्षद्वारा प्रधानाध्यापकलाई कुटपिट

  • 2.9K
    SHARES

  • व्यवस्थापन समिति अध्यक्षद्वारा प्रधानाध्यापकलाई कुटपिट

    १९ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एक जना प्रधानाध्यापक माथी कुटपिट गरेका छन। जिल्लाको इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका हुन् ।

    महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पालिकाको वडा नं. १ का वासिन्दा तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश (खाम्सोङ) तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको जनाएको छ। उक्त घटनाको नेपाल महासघंले कडा निन्दा गर्दै आक्रमणमा संलग्न तामाङलाई महासंघले कानुनी कारबाहीको माग गरेको छ।

    यही मंगलबार मध्यान्ह विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा तामाङले भण्डारीमाथि गालीगलौज र बेइज्जती गर्दै आँखा र गालामा चोट पुग्ने गरी आक्रमण गरेका खुलेको छ। कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ ।

    ‘अभद्र व्यवहार गाली बेइज्जतिसहित आँखा तथा गालामा गम्भिर चोटपटक लाग्ने गरी आक्रमण गरेको हुँदा सो घटना प्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समिति घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निज तामाङलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याइ हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं ।’

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यकक्षमै प्रअ भण्डारीमाथि कुटपिट गरेका थिए । विव्यस बैठक बोलाउने सन्दर्भमा प्रअ भण्डारीले काटेको पत्रमा मिति नमिलेको भन्दै उनले कुटपिट गरेको बताइएको छ।

    Polish_20251105_170841590~4.jpg

    images
    बुधवार, कार्तिक २० २०८२०५:०६:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार