Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्कृष्ट प्रअ, शिक्षक, कर्मचारी वि.व्य.स.लाई सम्मानसहित१० हजार पुरस्कार

उत्कृष्ट प्रअ, शिक्षक, कर्मचारी वि.व्य.स.लाई सम्मानसहित१० हजार पुरस्कार

  • 1.4K
    SHARES

  • उत्कृष्ट प्रअ, शिक्षक, कर्मचारी वि.व्य.स.लाई सम्मानसहित१० हजार पुरस्कार

    २०, कार्तिक/ बर्दिया। जिल्लाको ठाकुर बाबा नगरपालिकाले गत शैक्षिक सत्र २०८१ का उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई सम्मान सहित जनही १० हजार नगदसहित एक कार्यक्रमबीच सम्मान गरेको छ।

    नगरपालिकामा कार्यरत विद्यालय कर्मचारी, बालविकास शिक्षक, संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको वर्ष भरिको सक्रियतालाई मूल्याङ्कन गरी हरेक क्षेत्रमा नगर भरिबाट उत्कृष्ट भएकालाई आठौँ नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८२ को अवसरमा जनही नगद रू १० हजार सहित सम्मान गरिएको हो ।

    FB_IMG_1762442264655.jpg

    सम्मानित हुनेहरूमा विद्यालय कर्मचारीतर्फ जनज्योति माविबाट तुलसी शाही, बालविकास शिक्षकतर्फ त्रिभुवन माविका बसपति थारु, संस्थागत विद्यालयतर्फ एल न्यू ब्राइट फ्युचरकी उषा कुमारी शाह, प्रधानाध्यापकतर्फ जनचाहना आवि डुम्रेनीका यज्ञ प्रसाद नेपाल र विद्यालय व्यवस्थापन समितबाट चुरे मावि बगनाहाका व्यवस्थापन समितिका अध्यक्ष दीपक बुढाथोकी सहितको समिति सम्मानित भएको छ ।

    नगरपालिकाले यस कार्यबाट विद्यालयका सबै सरोकारवालाहरूको शिक्षा सुधारमा सक्रियता हुने अपेक्षा गरेको छ ।

    images
    बिहिवार, कार्तिक २१ २०८२०९:०८:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार