आइतवार, कार्तिक २४ २०८२
२३, कार्तिक/ काठमाडौँ। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित कुलेश्वर आवास माध्यमिक बिद्यालयको ३५औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। कार्तिक २२ गते शनिवार एक भब्य कार्यक्रमका बिच बिद्यालयको ३५औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।

३५औं बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समन्तमणी आचार्यको सभापतित्व तथा विद्यालयका जेष्ठ नागरिक ८२ वर्षका मनोरथ आचार्य प्रमुख अतिथिको रुपमा रहनुभयो । त्यस्तै बिशेष अतिथि समाजसेवी धर्मेन्द्र कुमार झा, बिद्यालय प्राचार्य मेघराज दुलाल, सह प्राचार्य तथा गुठियार सुरेस सुवेदी, गुठियार तथा कोर्डिनेटर गोपाल प्रसाद दुलाल, विद्यालय ब्यबस्थापन समिती सदस्य भेष माराण दाहाल, बिनि लक्ष्मी पौडेल लगाएत शिक्षक, कर्मचारी तथा अभिभावकहरुको बिशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रम बिद्यालयका कोर्डिनेटर तथा साहयक क्याम्पस प्रमुख प्रकाश भण्डारीले संचालन गर्नुभयो।

बि.सं.२०४६ सालमा स्थापित कुलेश्वर आवास माध्यामिक बिद्यालय तत् समय देउसी भैलो लगाएत विभिन्न कार्यक्रमहरु आयोजना गरि ४९ जना विद्यार्थीहरुलाई लिएर सुरु भएको बिद्यालय ३५ बर्ष पुरा भई ३६औं बर्ष लाग्दै गर्दा करिब १ हजार भन्दा विद्यार्थी अध्ययन अध्यापन गरिएरहेका छन भने पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत स्नातक तहमा BIT कार्यक्रम यसै बर्षदेखि पठनपाठन शुरु भएको छ।
उक्त कार्यक्रममा साहयक प्रिन्सिपल सुरेस सुवेदी स्वागत मन्तव्य राख्नुभयो भने विद्यार्थीको तर्फबाट कक्षा दशकि छात्रा निर्जला कार्की र अभिभावकको तर्फबाट गिता बानियाँले स्वागत मन्तव्य दिए। अभिभावक बानियाँले ठुल्ठुला बिद्यालयहरुको बिचमा नमुना बिद्यालयको रुपमा स्थापित कुलेश्वर आवास माध्यामिक विद्यालय शिक्षण सिकाइमा उत्कृष्ट रहेको बताउनुभयो।

३५औं अभिभावक विवसका अवसरमा विद्यालयले ६० भन्दा माथिका १३ जना जेष्ठ नागरिक अभिभावकहरुलाई सम्मान गरेको छ। उक्त कार्यक्रममा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। जसमध्ये कक्षा १२ (SLC) २०८१ टप गर्ने विवेक तिम्सिनालाई (स्व. श्रीमती अष्टलक्ष्मी र मिलन स्मृति अक्षय कोष सुमित दिवाली) मार्फत नगद सहित मायाको चिनो प्रदान गरेको छ।
बार्षिक उत्सव कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य मेघराज दुलालले भन्नुभयो, "डाँडाको स्कुल भनेर चिनिने कुनै सुविधा नभएको स्कुल आज भौतिक तथा शैक्षिक रुपमा सु-सम्पम्न छ।" बिद्यालयले निरन्तर हिजो भन्दा आज गुणस्तर र टेक्नोलोजीमा ध्यान दिइरहेको स्नातक तहमा BIT को पढाई शुरु गरेको प्राचार्य दुलालले भन्नुभयो । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन ICT Lab, Activity based learning, र डिजिटल कक्षाकोठामा पढ्ने वातावरण साथसाथै पुर्णतः Nonvoilent Communication को विधि प्रयोग गरेको बताउनुभयो ।
प्राचार्य दुलालले विद्यार्थीहरु स्कुलमा मात्रै नभई घरमा समेत पढ्ने वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँले घर भनेको पहिलो स्कुल हो भन्दै संस्कार सिकाउने कुरामा अभिभावकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । मैले फि तिरेको छु स्कुल ले गर्नुपर्छ भनेर मात्रै हुदैन भन्ने मनोबिज्ञान गलत भएको भन्दै घरको बाताबरण राम्रो भए बच्चालाई सिक्न सजिलो हुने बताउनुभयो । प्राचार्य दुलालले बुढानिलकण्ठ मोडेलमा संचालित तथा सार्वजनिक शैक्षिक गुठीमा रहेको यस बिद्यालयमा विद्यार्थीहरुबाट अत्यन्तै कम शुल्क लिएर उत्कृष्ट शिक्षा दिइरहेको समेत बताउनुभयो ।
उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य, गायन तथा प्रहसन प्रदर्सन गरेका थिए। भने आफ्नो बाबुनानिको प्रदर्सन हेरेर अभिभावकहरु दंग परेको देखिन्थे ।