Jul 27 2026 | २०८३, श्रावण ११ गते

द एक्सेल स्कुलद्वारा आयोजित मोडेल युनाइटेड नेसन सम्मेलन सम्पन्न

द एक्सेल स्कुलद्वारा आयोजित मोडेल युनाइटेड नेसन सम्मेलन सम्पन्न

  • 605
    SHARES

  • द एक्सेल स्कुलद्वारा आयोजित मोडेल युनाइटेड नेसन सम्मेलन सम्पन्न

    काठमाडौँ, मंसिर ३० । द एक्सेल पब्लिक सेकेन्डरी स्कुलद्वारा आयोजित मोडेल युनाइटेड नेसन (MUN) सम्मेलन–२०२५ सकिएको छ। शनिवार काठमाडौँको स्वयम्भूस्थित एक सभाहलमा एक दिन चलेको उक्त कार्यक्रममा द एक्सेल पब्लिक सेकेन्डरी स्कुलका ४० विद्यार्थीले सहभागिता जनाएका थिए।

    IMG-20251116-WA0024.jpg

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशीला अधिकारी सहभागी हुनुभएको थियो।

    IMG-20251116-WA0013.jpg

    सम्मेलनमा सहभागी विद्यार्थीहरू विभिन्न देशका प्रतिनिधि (Delegate) का रूपमा प्रस्तुत भएका थिए। सहभागी विद्यार्थीहरुले शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा र मानवअधिकार लगाएत शिक्षा तथा स्वास्थ्य जस्ता विश्वव्यापी मुद्दामा बहस, छलफल र कूटनीतिक समाधान प्रस्तुत गरेका थिए । कार्यक्रममा ४ वटा समूह बनाएर छलफल गरि आएका विषयका आधारमा अन्तिम रुप दिइएको थियो।

    IMG-20251116-WA0025.jpg

    उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नागार्जुन नगरपालिका कार्यवाहक प्रुख सुशीला अधिकारीले MUN जस्ता गतिविधिले विद्यार्थीको नेतृत्व क्षमता, अनुसन्धान कौशल र अन्तर्राष्ट्रिय बुझाइ मजबुत बनाउने बताउनुभयो ।

    IMG-20251116-WA0008.jpg

    उक्त कार्यक्रममा बोल्दै द एक्सेल पब्लिक स्कुलका प्रिन्सिपल बाशुदेव घिमिरेले एमयुएनले विद्यार्थीलाई नेतृत्व विकास, सहकार्य, र समस्या समाधानका लागि सोच्न प्रेरणा दिएको छ। कार्यक्रमले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकासमा विशेष टेवा उहाँको भनाइ थियो।

    IMG-20251116-WA0026.jpg

    images
    आइतवार, मंसिर १ २०८२०८:११:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार