Oct 03 2026 | २०८३, आश्विन १७ गते

अत्यधिक चिसो र बाक्लो हिमपातसँगै उपल्लो डोल्पाका विद्यालय ६ महिनाको लागि बन्द।

अत्यधिक चिसो र बाक्लो हिमपातसँगै उपल्लो डोल्पाका विद्यालय ६ महिनाको लागि बन्द।

  • 584
    SHARES

  • अत्यधिक चिसो र बाक्लो हिमपातसँगै उपल्लो डोल्पाका विद्यालय ६ महिनाको लागि बन्द।

    ०१ मंसिर। उपल्लो डोल्पामा चिसो र बाक्लो हिमपातसँगै विद्यालय छ महिनाका लागि बन्द भएका छन् । चिसो अत्यधिक बढ्दै गएपछि जारी शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालयहरू छ महिनाका लागि बन्द गरिएको हुन्।

    बिकट भौगोलिक अवस्था र कठ्याङ्ग्रिदो चिसोका कारण यहाँ प्रत्येक वर्ष छ महिनामात्रै पठनपाठन हुने गरेको छ। अत्यधिक चिसोका कारण पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्।

    शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका २३ वटा विद्यालय आगामी वैशाख पहिलो हप्ता विद्यालय बन्द भएका र ती विद्यालयहरू आगामी वैशाख पहिलो हप्ता विद्यालय सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिँहराज डाँगीले जानकारी दिनुभयो ।

    “चिसो बढेर बस्न नसकिने भएपछि छ महिनाका लागि विद्यालय बन्द भएका हुन्”, उहाँले भन्नुभयो । करिब तीन हजार बालबालिका घरमै रहने समन्वय एकाइले जनाएको छ । गाउँ शिक्षा समितिको औपचारिक निर्णय गराएर छ महिनाका लागि विद्यालय बन्द गरिएको वडा नं १ का सदस्य पेमा छिरिङ गुरुङले बताउनुभयो ।

    त्यसैगरी छार्का ताङ्सोङ् गाउँपालिकामा चैत पहिलो साताभित्र खुल्ने गरी विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो । डोल्पोबुद्ध गाउँपालिकाका पनि सम्पूर्ण विद्यालय बन्द भइसकेको अध्यक्ष तेम्बा गुरुङले बताउनुभयो । विद्यालय बन्द भएपछि आर्थिक स्थिति राम्रो भएका विद्यार्थी काठमाडौँ पुगेर अतिरिक्त कक्षा लिने गर्छन् भने आर्थिक स्थिति कमजोर भएका विद्यार्थी बुबाआमासँगै जाडो छल्न बेँसी झर्ने गर्छन् ।

    जाडो सकिएर गर्मी शुरु भएपछि वैशाखमा मात्रै विद्यालयमा शिक्षक विद्यार्थीको जमघट हुन्छ । यार्सागुम्बा टिप्ने बिदा र चिसोका कारण उपल्लो डोल्पामा एक शैक्षिक सत्रमा छ महिना मात्रै राम्रोसँग पढाइ हुन्छ । उपल्लो डोल्पाका अधिकांश स्थानीयवासी घरमा ताल्चा लगाएर पशु चौपायसहित बेँसी झर्न थालेका छन् । रासस

    images
    सोमवार, मंसिर २ २०८२०६:२३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार