Jul 28 2026 | २०८३, श्रावण १२ गते

तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर- शिक्षामन्त्री

तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर- शिक्षामन्त्री

  • 827
    SHARES

  • तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर- शिक्षामन्त्री

    १ मंसिर/ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले Gen Z का कतिपय मागहरू पूरा गर्न नसकिने भन्दै आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरेका छन। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    मन्त्री पुनले आफैँ निर्वाचनमा भाग लिएर जितेर आइ मागहरू पूरा गर्न आग्रह गरे । त्यसको लागि गाउँ फर्किन जेनजी युवाहरूलाई आग्रह समेत गरेका छन् ।

    मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरे ।

    केही मागहरू पनि विचार गर्न सकिन्छ। मन्त्री पुनले भने, ‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेनजीका भाइ बहिनीहरू काठमाडौँ बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन ।’

    जेनजी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सीटीईभीटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरूको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ ।

    विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सीटीईभीटीको हुने बताएको छ । यसै वर्ष सीटीईभीटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार