Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षकलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन इकाई प्रमुखहरुलाई शिक्षामन्त्रीको अनुरोध

शिक्षकलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन इकाई प्रमुखहरुलाई शिक्षामन्त्रीको अनुरोध

  • 370
    SHARES

  • शिक्षकलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन इकाई प्रमुखहरुलाई शिक्षामन्त्रीको अनुरोध

    ५, मंसिर/ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध गरेका छन् । मन्त्री पुनले सामाजिक सञ्जाल फेसाबूक मार्फत यस्तो अनुरोध गरेका हुन्।

    जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो नगर्न अनुरोध गरेका छन। आफू मन्त्रीको कुर्सीमा बसेपछि सबैको गुनासो सुन्नु पर्ने र बेथिति हटाउनु पर्ने मन्त्री पुनको भनाई छ ।

    मन्त्री पुनले लेखेका छन् “जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ । नढाँटीकन भन्नु पर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ । मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नु पर्छ र बेथिति हटाउनु पर्छ ।”

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार