Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन नागार्जुनको दोस्रो परिषद तथा पाँचौ वार्षिक साधारण सभा सप्पन्न

प्याब्सन नागार्जुनको दोस्रो परिषद तथा पाँचौ वार्षिक साधारण सभा सप्पन्न

  • 754
    SHARES

  • प्याब्सन नागार्जुनको दोस्रो परिषद तथा पाँचौ वार्षिक साधारण सभा सप्पन्न

    ६, मंसिर / काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगर समितिको दोस्रो नगर परिषद् तथा  पाँचौ वार्षिक साधारण सभा सप्पन्न भएको छ। नागार्जुन प्याब्सन अध्यक्ष बाशुदेव घिमिरेको सभापतित्वमा शनिवार काठमाडौको स्वयम्भू स्थित सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।

    IMG-20251122-WA0028.jpg

    उक्त सभामा संस्था सञ्चालन, आगामी वर्षका योजना, शिक्षा क्षेत्रका समसामयिक चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा शाखामा आवद्ध विद्यालयका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। सभाले नयाँ शैक्षिक वर्षका लागि आवश्यक नीतिगत तयारी, विद्यालयहरूको गुणस्तर वृद्धि तथा विद्यार्थी–केन्द्रित शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको आयोजकले जनाएको छ।

    IMG-20251122-WA0016.jpg

    सभाले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षका कार्यक्रमहरू अनुमोदन गर्दै नेतृत्वलाई संस्थागत सुधार तथा सहकार्यद्वारा शिक्षा सुदृढीकरणमा जोड दिन आग्रह गरेको थियो।

    उक्त कार्यक्रममा नगर अध्यक्ष तथा कार्यक्रमका सभापति वासुदेव घिमिरेले आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रममा बोल्दै घिमिरेले विद्यालय सदस्य नविकरण कार्य अधिकांस पूरा भएको जानकारी दिनुभयो। साथै नगरपालिकाको विभिन्न बैठक तथा कार्यक्रमहरुमा निजि विद्यालय तथा समग्र शिक्षाको बारे धारणा राखेकाछौं घिमिरेले भन्नुभयो।

    IMG-20251122-WA0029.jpg

    उक्त सभामा बोल्दै प्रमुख अतिथी प्याब्सन काठमाडौँ वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले साधारणसभामा निजि विद्यालयको अवस्था कस्तो छ? कसरी संचालन गर्ने जस्ता अनुभव साँटासाट गर्ने। तथा पुर्वाधारको र एकेडेमीक एक्सेलेन्स बारे छलफल गर्ने हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    IMG-20251122-WA0030.jpg

    सभामा कोषाध्यक्ष हिरालाल खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। साथै नागार्जुन प्याब्सनका उपाध्यक्ष डिवि ढकालले स्वागत मन्तव्य दिनुभयो। कार्यक्रम प्याब्सन नागार्जुनका सचिव प्रकाश मान शाहीले सञ्चालन गर्नुभयो।

    कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्लाका बरिस्ठ उपाध्यक्ष सुदर्शन थापा, केन्द्रिय सदस्य गोपाल प्रसाद कडेल, उपाध्यक्ष सुर्य भण्डारी, सुर्य बहादुर केसी, सचीव कृष्ण भण्डारी, कोषाध्यक्ष डिएन अधिकारी, सह कोषाध्यक्ष अनिल सुब्बा, काठमाडौ महानगरका अध्यक्ष गगन सिंह ऐन, तारकेश्वर अध्यक्ष गोपाल बुढाथोकी, चन्द्रागिरी नगर अध्यक्ष सुरज महर्जन, पारिक्षा सचीव - जयराम चापागाईं, जिल्ला सदस्य - गोबिन्द पंगीनि लगाएत प्याब्सन नागार्जुनका पदाधिकारी, तथा सदस्य विद्यालयका संचालक/ प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

    IMG-20251122-WA0012.jpg

    उक्त कार्यक्रममा एसईई मा ४ जिपिए तथा विद्यालयको उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयहरुलाई सम्मान गरिएको थियो।

    IMG-20251122-WA0031.jpgIMG-20251122-WA0024.jpgIMG-20251122-WA0015.jpgIMG-20251122-WA0008.jpgIMG-20251122-WA0014.jpgIMG-20251122-WA0035.jpgIMG-20251122-WA0036.jpgIMG-20251122-WA0039.jpgIMG-20251122-WA0033.jpgIMG-20251122-WA0038.jpgIMG-20251122-WA0002.jpg

    images
    शनिवार, मंसिर ७ २०८२०४:२१:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार