Jul 27 2026 | २०८३, श्रावण ११ गते

बजेटमा व्यवस्था गरिएको स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

बजेटमा व्यवस्था गरिएको स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

  • 849
    SHARES

  • बजेटमा व्यवस्था गरिएको स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

    मङ्सिर ८ गते/ फिदिम । शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ ।

    महासंघले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जारी गरेको स्थानीय तहबाट कार्यान्वयन हुने सशर्त अनुदानसम्बन्धी कार्यविधिमा शिक्षकलाई स्थानीय भत्ता पाउने स्पष्ट व्यवस्था भएपनि पाँचथरमा सो सुविधा नआएको भन्दै आक्रोश व्यक्त गरेको छ।

    पाँचथर ‘घ’ वर्गमा पर्ने स्थानीय भत्ता पाउने क्षेत्र भए पनि फिदिम नगरपालिकाले अहिलेसम्म भत्ता नदिएको कारण यथार्थ बुझी तत्काल कार्यान्वयन गर्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन फिदिम नगर समितिका अध्यक्ष तथा महासङ्घ पदेन सदस्य रामप्रसाद बाँस्कोटाले बताए।

    ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग थप स्पष्टीकरण माग्दै पत्र पठाइसकिएको जानकारी गराए ।

    ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासङ्घ फिदिमका अध्यक्ष हरिकृष्ण मिश्रसहित नगर समिति, महासङ्घ पाँचथरका सहसचिव जीवन भण्डारी तथा विभिन्न शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    images
    सोमवार, मंसिर ९ २०८२०२:३०:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार