आइतवार, मंसिर १५ २०८२
१४, मंसिर/ काठमाडौँ, बुद्धनगर । १४औं प्याब्सन मध्य क्षेत्रीय समिति बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिवार इनोभेटिभ इङ्लिस स्कुल, बुद्धनगरमा पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा मध्य क्षेत्रीय समिती सदस्य ५० विद्यालयमध्येबाट छनोट भएका २० विद्यालयबाट जम्मा ४० वटा टिम सहभागी भएका थिए। जसमध्ये ११ वटा छात्रा टिम, १२ वटा जुनियर टि र १९ वटा सिनियर छात्र (पुरुष) टिम ले भाग लिएका थिए।


उक्त प्रतियोगितामा सिनियर ब्वाइज हेम्स स्कुल, छात्र तर्फ काठमाडौं जेभियर्स र जुनियर ब्वाइजमा काठमाडौँ इङ्लिस स्कुल बिजेता बनेका छन् ।
सिनियर ब्वाइजको फाइनलमा हेम्सले मार्वलसलाई ४४–३१ ले पराजित गर्यो । त्यस्तै जुनियर ब्वाइजको फाइनलमा काठमाडौँ इङ्लिस स्कुलले सनसाइन स्कुललाई लाई २१–१० ले पराजित ग¥यो । र गर्ल्सतर्फको खेलमा काठमाडौं जेभियर्सले काठमाडौँ इङ्लिस स्कुललाई २६–२५ को अन्तरले हरायो।
उक्त प्रतियोगितामा जुनियर ब्वाइजमा काठमाडौँ इङ्लिस स्कुलका विपुल भुजेल, सिनियर ब्वाइजमा हेम्सका आशुतोष यादव र गर्ल्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ ‘मोस्टल भेलुएबल प्लेयर’ घोषित भए।
प्रतियोगितामा विजयी टिमका लागि सुहानी बानियाँले १९ स्कोर गरिन् । विजेताका आयुश रावल र आशुतोष यादवले समान १४–१४ स्कोर गर्दै पुरस्कार पाए।

कार्यक्रममा प्रमुख अतिथि तथा काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष आर.बि. अधिकारी, सुर्य बहादुर भण्डारी, सचिव कृष्ण भण्डारी, महानगर अध्यक्ष गगन सिंह ऐर, सहसचिव दिनेश पाण्डे, डिएन सिवाकोटी, कोषाध्यक्ष डिएन अधिकारी, सहकोषाध्यक्ष श्री सुशील प्रसाईँ लगायत अतिथिहरुले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरे।
बिजेता खेलाडिहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरे ।
प्रतियोगिता मध्य क्षेत्रीय प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बाको सभापतित्वमा तथा समितिका उपाध्यक्ष तेज प्रकाश श्रेष्ठको संयोजकत्वमा सम्पन्न सम्पन्न भयो।
उक्त प्रतियोगितामा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टले खेलाडिहरुलाई शुभकामना दिनुभयो। बास्केटबल प्रतियोगिताले खेलकुद विकास तथा विद्यार्थीहरुमा अनुशासन, आत्मविश्वास वृद्धि हुने बताउनुभयो । विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, नेतृत्व क्षमता र टिमवर्क सिक्न सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ।