आइतवार, मंसिर १५ २०८२
१४, मंसिर / काठमाडौँ । डिन (Dynamic Educational Activities Association Nepal /DEAAN) द्वारा आयोजना गरिएको सांस्कृतिक लोक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। शनिवार विन्सम इङ्गलिस बोर्डिङ स्कुलको संयोजनमा सम्पन्न डिन सांस्कृतिक लोक नृत्य प्रतियोगिता २०८२ मिति भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रम डिनका अध्यक्ष अनिल सुब्बाको सभापतित्व तथा प्याब्सन काठमाडौँका अध्यक्ष नवराज नवराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथिमा क्रमशः प्याब्सन काठमाडौँका वरिष्ठ उपाध्यक्ष श्री सुदर्शन थापा, उपाध्यक्षहरू सुर्य बहादुर भण्डारी तथा श्री सुर्य के.सी., सचिव कृष्ण भण्डारी, प्याब्सन केन्द्रिय सचिवालय सदस्य प्रल्हादप्रसाद खनाल, प्याब्सन बागमती प्रदेश सदस्य अनिल पराजुली, सह–सचिवहरू सौर्यनाथ आचार्य तथा डि.एन. सिवाकोटी, सह–कोषाध्यक्ष सुशिल प्रसाईंको उपस्थिति रहेको थियो।

कार्यक्रम डिनका अध्यक्ष तथा प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष श्री अनिलकुमार सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो। डिनका सचिव महेश पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।
संयोजक विद्यालय विन्सम इङ्गलिस बोर्डिङ स्कुलका प्राचार्य तथा डिनका वरिष्ठ सल्लाहकार श्री गोविन्द फ्याक लिम्बुले स्वागत मन्तव्य राख्दै सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए। डिन अतिरिक्त विभागका संयोजक श्री सञ्जीव ढुंगानाको संयोजकत्वमा आयोजित प्रतियोगितामा विभिन्न १६ सदस्य विद्यालयका जुनियर तथा सिनियर समूहको सहभागिता रहेको थियो।

प्रतियोगितामा सिनियर तर्फ क्यानभास बोर्डिङ स्कुल प्रथम, स्थान हासिल गर्यो। त्यसैगरी विन्सम इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, नवज्योती सेकेण्डरी स्कुल तृतीय र हेव्रोन पब्लिक स्कुल चौथो स्थान हासिल गर्यो।
उक्त प्रतियोगितामा जुनियर समूहमा प्रथम स्थान एन्जल लर्ड एकेडेमी, दोस्रो सुभाष गुरुकुल नेशनल एकेडेमी, तेस्रो स्काईलाइट सेकेण्डारी स्कुल र चौथो स्थान ज्ञानमाला इङ्गलिस हाई स्कुलले हात पार्यो।

कार्यक्रममा डिन कार्यसमितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री राजेश लिम्बु, उपाध्यक्ष श्री राजन कुमार श्रेष्ठ, सदस्य श्री टंक लिम्बु, सदस्य श्री कमल पाण्डे तथा सदस्य विद्यालयतर्फबाट श्री सीता चुडाल, श्री तोया राना मगर, बिवेक सर, श्री हरी लावती तथा श्री रवी भण्डारीलगाएत विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षक अभिभावकहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रम प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक श्री कमल राई तथा श्री भुवन श्रेष्ठज्यूहरू रहनुभएको थियो।
प्रतियोगितामा प्याब्सन काठमाडौँ अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष तथा डिनका वरिष्ठ सल्लाहकार सुर्य भण्डारी र प्याब्सन जिल्ला सचिव कृष्ण भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको थियो।



