Jul 27 2026 | २०८३, श्रावण ११ गते

कासमूका आधारमा गरिने शिक्षक बढुवाका लागि दरखास्त आह्वान

कासमूका आधारमा गरिने शिक्षक बढुवाका लागि दरखास्त आह्वान

  • 654
    SHARES

  • कासमूका आधारमा गरिने शिक्षक बढुवाका लागि दरखास्त आह्वान

    १५, मंसिर/ काठमाडौँ । शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने ( ७५ प्रतिशत) शिक्षक बढुवाका लागि दर्खास्त आह्वान गरेको छ ।

    आयोगले प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीका लागि बढुवाद्वारा शिक्षक पदपूर्ति गर्न दर्खास्त आह्वान  गरेको हो ।

    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भरी विज्ञापनमा तोकिए बमोजिमको आवश्यक कागजातहरू संलग्न राखी सम्बन्धित जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त पुस २० गतेभित्र दरखास्त दिन सक्नेछन्।

    साथै आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवा विज्ञापनको हकमा सिङ्गल दस्तुरका लागि पुस १५ गते भित्र र दोब्बर दस्तुरका लागि पुस २२ गतेसम्म आवेदन दिनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

    दर्खास्तका लागि आयोगको वेबसाईट https://online.tsc.gov.np/ मार्फत अनलाइन प्रणालीबाट आवेदन दिन सकिने छ । विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np/ डाउनलोड /सूचना विज्ञापनबाट प्राप्त गर्न सकिनेछ ।

    FB_IMG_1764552656916.jpg

    images
    सोमवार, मंसिर १६ २०८२०७:२८:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार