Jul 27 2026 | २०८३, श्रावण ११ गते

महासंघ पदाधिकारी र अर्थमन्त्री विच वार्तालाप - ९ बुँदे सहमतिमा ध्यानाकर्षण

महासंघ पदाधिकारी र अर्थमन्त्री विच वार्तालाप - ९ बुँदे सहमतिमा ध्यानाकर्षण

  • 533
    SHARES

  • महासंघ पदाधिकारी र अर्थमन्त्री विच वार्तालाप - ९ बुँदे सहमतिमा ध्यानाकर्षण

    काठमाडौ। नेपाल शिक्षक महासंघ घटक पदाधिकारी र अर्थमन्त्री रामेश्वर खनाल विच भेट वार्ता भएको छ। मंगलवार मंगलबार अर्थमन्त्रालयमा दुई पक्षविच भेटवार्ता भएको हो।

    भेटका क्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले ९ बुँदे सहमति कार्यान्वयनका लागि आज अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ। गत वैशाख १७ गते २९ दिन लामाे आन्दोलनपछि सरकारले गरेको ९ बुँदे सहमति कार्यान्वयनका लागि अर्थमन्त्री खनालको ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।

    अध्यक्ष सुवेदीका अनुसार अर्थमन्त्री खनाल संगको सहमति सकारात्मक रहेको र अर्थमन्त्रीले सहमतिको कार्यान्वयन कहाँ कसरी गर्ने भन्नेमा यसै हप्ताभित्र जानकारी गराउने आश्वासन दिएको उनको भनाइ छ।

    भेटका क्रममा महासंघ प्रतिनिधिहरुले शिक्षक कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको सुवेदीले बताए। 'स्थानीयभत्ताबारे कार्यक्रम कार्यान्वयन पुस्तिकामा आइसकेकोले स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने, स्थानीय सरकारका प्रशासकीय प्रमुखहरूलाई निर्देशन दिने कुरा भएको सुवेदीको भनाइ छ।

    images
    बुधवार, मंसिर १८ २०८२०८:१०:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार