Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्थाई शिक्षक हकहित मञ्चद्वारा सर्वोच्चमा रिट दायर : निजामती सरह सुविधा माग !

स्थाई शिक्षक हकहित मञ्चद्वारा सर्वोच्चमा रिट दायर : निजामती सरह सुविधा माग !

  • 5.7K
    SHARES

  • स्थाई शिक्षक हकहित मञ्चद्वारा सर्वोच्चमा रिट दायर : निजामती सरह सुविधा माग !

    स्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारीबिच शिक्षकलाई गरेको बिभेद्‍विरुद्ध सवोच्च अदालमा रिट दायर गरेको छ।

    गुणस्तरीय शिक्षाको लागि शिक्षण पेशाको अभिवृद्धिको मूल नारासहित मञ्चले निजामती कर्मचारी र शिक्षकबिच भएको विभेद्‍विरुद्ध सवोच्चमा मुद्दा दायर गरिएको हो।

    मञ्चले सबै राष्ट्रसेवक कर्मचारी मध्ये शिक्षकको माथिल्लो मर्यादाक्रमको सूचिकृतको लागि सर्वोच्च अदालको ढोका ढकढक्याउनु परेको स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईले बताए।

    उनले भने, ‘सरकारले निजामती कर्मचारी र शिक्षकबिच गरेको विभेद्‍को विषयमा हामीले विगतदेखि नै आवाज उठाउँदै आएको र अहिले यसै विषयमा सम्मानित अदालतको ढोका ढकढक्याएका हौं।’

    यसको फैसलाले स्थायी, अस्थायी, राहत, साबिक उमावि, बाल शिक्षक, विद्यालयका कर्मचारी, अनुदानमा अध्यापनरत शिक्षकलाई सहयोग पुग्ने उनको विश्वास छ। शिक्षकको मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले सर्वोच्चमा रिट दायर गरेका हुन्। FB_IMG_1625126231759.jpg

    images
    बिहिवार, आषाढ १७ २०७८०१:४३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार