शनिवार, मंसिर २१ २०८२
काठमाडौँ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितीको आयोजनामा आठौं संस्मरणको खेलकुद सप्ताह - २०८२, आगामी मंसिर २२ बाट शुरु हुने भएको छ। शनिवार एक पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो।
खेलकुद सप्ताहको उद्घाटन मंसिर २२ गते सिफल खेलमैदानमा नेपाल सरकारका खेलकुदमन्त्री द्वारा उद्घाटन हुने नेसनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष तथा जिल्ला अतिरिक्त क्रियाकलाप संयोजक प्रेम कुमार भुजेलले जानकारी दिए।
खेलकुद उद्घाटन समारोहमा १३९ भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ भने २००० भन्दा बढी विद्यार्थीले निःशुल्क मार्चपासमा भाग लिने जानकारी दिइएको छ।
खेलकुद सप्ताहको आठौं संस्मरणमा पाँच विधामा प्रतियोगिता हुनेछन्। जसमा मार्चपास (निःशुल्क) र फुटसल, बास्केटबल, कबड्डी, तानडोरी (सशुल्क) रहने छन्। हरेक खेलमा कक्षा ९ सम्मका छात्र–छात्राले सहभागिता जनाउन पाउनेछन्।
खेलकुदमा विजेतालाई ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरिने छ। खेलकुद समारोह अन्तर्गत उद्घाटन समारोहमा गरिने मार्चपासमा प्रथ, द्वितीय र तृतीय क्रमशः रु. ५०००/३०००/२००० प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकादिइएको छ।
खेलकुद सप्ताह अन्तर्गत विभिन्न खेलका संयोजक जिम्मेवारी तोकिएको छन्। जसमा फुटसल: नारायणबाबु तिम्लसिना, बास्केटबल: माधव अधिकारी, कबड्डी: समिर बास्तोला, तानडोरी: शिवराम गिरी, मार्चपास: टंक थापा रहेका छन।
खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सप्ताहको समापन समारोह पुस १ गते गरिने जानकारी आयोजकले दिएको छ।

