Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण उपलब्ध गराउने निर्णयको निरन्तरता

प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण उपलब्ध गराउने निर्णयको निरन्तरता

  • 352
    SHARES

  • प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण उपलब्ध गराउने निर्णयको निरन्तरता

    डडेल्धुरा। जिल्लाको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई शुन्य ब्याजदरमा ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण उपलब्ध गराउने निर्णय निरन्तरता दिएको छ। एसईई वा सोभन्दा माथिको तहका विद्यार्थीलाई लक्षित यो कार्यक्रमका लागि २०८२/८३ को बजेटमै रकम विनियोजन गरिएको हो।

    निर्देशिका २०८१ बमोजिम मापदण्ड पूरा गर्ने तथा नगरपालिकाको स्थायी बासिन्दा रहेका ईच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले सूचना जारी गर्दै २०८२ मंसिर १७ देखि २०८२ पुस १७ (अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुल्ने पहिलो दिन) सम्म आवश्यक कागजात सहित आवेदन बुझाउन अनुरोध गरेका छन्।

    परशुराम नगरपालिकाले एचए, नर्सिङ, इन्जिनियरिङ, ओभरसियर, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु तथा सूचना प्रविधि लगायतका क्षेत्रमा अध्ययन गर्न इच्छुक विद्यार्थीले यो ऋण पाउन सक्नेछन्।

    शैक्षिक ऋणका निवेदन नगरपालिकाको इमेल ठेगाना parshurammun@gmail.com वा नगरपालिकाको शिक्षा युवातथा खेलकुद शाखामा बुझाउन सकिनेछ।

    प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका, २०८१ बमोजिमको अनुसूची १ - शैक्षिक ऋण लिन वडा कार्यालयमा पेश गर्ने निवेदन र अनुसूची २ शैक्षिक ऋण लिन परशुराम नगरपालिकामा पेश गर्ने निवेदन, परशुराम नगरपालिकाको वेभसाइट www.parshuramnmun.gov.np बाट डउनलोड गर्न सकिनेछ ।

    बिस्तृत जानकारीका लागि यस्तो छ सूचना ।

    FB_IMG_1765033352938.jpg

    images
    आइतवार, मंसिर २२ २०८२१०:२०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार