सोमवार, मंसिर २३ २०८२
२२, मंसिर, धुलिखेल। काठमाडौं विश्वविद्यालयले आफ्नो ३१औं दीक्षान्त समारोह (पहिलो चरण) आगामी मंसिर २४ गते आयोजना गर्ने भएको छ।
काठमाडौं विश्वविद्यालय परिसर, धुलिखेल उक्त समारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू, दीक्षित हुन लागेका विद्यार्थीहरू र अभिभावकज्यूहरूको उपस्थितिका लागि हार्दिक आग्रह गरिएको छ।
विश्वविद्यालयका अनुसार समारोह २०८२ मङ्सिर २४ गते, बुधबार बिहान १०:३० बजे उद्घाटन हुने जनाइएको छ।
काठमाडौँ विश्वविद्यालयले दीक्षान्त समारोहलाई शैक्षिक उपलब्धिको वार्षिक पर्वका रूपमा मनाइँदै आएको छ।