सोमवार, मंसिर २३ २०८२
काठमाडौँ । अखिल (समाजवादी)ले शिक्षामन्त्री महावीर पुनलाई २८ बुँदे बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमवार नेत्र बिक्रम चन्द नेतृत्वको विद्यार्थी संगठन अखिल (समाजवादी) ले शिक्षा क्षेत्रका विविध समस्याबारे २८ बुँदे ज्ञापनपत्र बुझाएको हो।
अखिल (समाजवादी) केन्द्रिय अध्यक्ष नरेन्द्र सीको नेतृत्वमा ज्ञापनपत्र बुझाएको थियो। शिक्षामा चरम व्यापारिकरण भईरहेको र गुणस्तरिय शिक्षा प्राप्तिमा जनताको पहुँचमा अझैपनि पनि नपुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
‘विश्वविद्यालय र प्राविधिक शिक्षामा दलिय भागभण्डा, गुणस्तरको कमी, भौतिक पुर्वाधारको कमी लगायतका विभिन्न समस्या र विकृतिहरु रहेको र विद्यालय शिक्षामा राज्यको प्रणाली कमजोर गुणस्तरको र निजि चर्को मुल्यको शिक्षा रहेको ज्ञापनपत्रमा लेखिएको छ ।
पछिल्लो समय राज्यको पुर्नसंरचना र संविधानको पुर्नलेखको बहस भईरहेको सन्दर्भमा हामी नेपालको वाल शिक्षा, माध्यामिक तहको शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा भएका समस्याहरुको समाधानको निम्ति यो ज्ञापनक पत्र पेश गरेको जनाएको छ।
ज्ञापनपत्र बुझ्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले शिक्षा क्षेत्रमा भएको समस्या बारे आफू गंभिर भएको र मन्त्रालय समस्याको समाधानका लागि लागिपरेको बताए। उनले समस्या समाधानका बिषयमा सबै पक्षसँग मिलेर काम गर्ने धारणा ब्यक्त गरे।
यस्तो छ ज्ञापनपत्र ।


