Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिपक्षी विद्यार्थी संगठन द्वारा प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षको घोषणा ! विद्यार्थी संगठनहरुको दायित्व के हो?

बिपक्षी विद्यार्थी संगठन द्वारा प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षको घोषणा ! विद्यार्थी संगठनहरुको दायित्व के हो?

  • 1.3K
    SHARES

  • बिपक्षी विद्यार्थी संगठन द्वारा प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षको घोषणा ! विद्यार्थी संगठनहरुको दायित्व के हो?

    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको समीक्षा र थप कार्यक्रमबारे निर्णय गर्न विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरूको बैठक बुद्धनगरमा बसेको छ। बैठकले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन विरुद्ध संघर्ष गर्ने जनाइएको छ।

    बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष) का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल लगायतका विद्यार्थी नेता सहभागी थिए ।

    बैठकले २०७८ आषाढ १९ गते शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस सहित प्रदर्शन गर्ने निर्णय गरेको तामाङ्गले बताए । संयुक्त विद्यार्थी संगठनले २०७८ आषाढ २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पुर्व अध्यक्ष वा नेताहरुसंग अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरेको छ ।

    त्रिभुवन विश्वविद्यालयमा एम.फिल. पिएचडी.मा वढाएको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै वढाइएको शुल्क तत्काल फिर्ता गर्न पनि संयुक्त विद्यार्थी संगठनले जोडदार माग गरेको छ।

    तर यो संगै आजको विद्यार्थी आन्दोलन कस्तो हुने भन्ने समिक्षा नभैकन राजनीतिक घटनाहरु को बिरोध कति जायज र नाजायज हुन्छ भन्ने कुराको बहस पनि हुन जरुरी भएको छ।

    विद्यार्थी संगठन हरुद्वारा राजनीति घटना हरु प्रती चासो र चिन्ता हुने कुरा स्वाभाविक भएपनी आज को शैक्षिक कार्यक्रम कस्तो हुने? शिक्षा नीति कस्तो बनाउने? माटो सुहाउँदो बैज्ञानिक शिक्षा भनेको के हो ? यसको जवाफ दिनु पर्ने बेला अलि बढी राजनिती भएको भन्ने कुरा स्वाभाविक ठानिन्छ।

    यस्ता छन् संघर्षका थप कार्यक्रम :Screenshot_20210702-133045_Facebook.jpg

    images
    शुक्रवार, आषाढ १८ २०७८०१:४३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार