Jul 27 2026 | २०८३, श्रावण ११ गते

अन्तर- विद्यालय प्याब्सन काठमाडौं जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता शुरु।

अन्तर- विद्यालय प्याब्सन काठमाडौं जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता शुरु।

  • 428
    SHARES

  • अन्तर- विद्यालय प्याब्सन काठमाडौं जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता शुरु।

    काठमाडौं, मंसिर २२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला स्तरीय अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता - २०८२ शुरु भएको छ।  काठमाडौं जिल्ला प्याब्सनको आयोजना र तारकेश्वर नगर प्याब्सनको संयोजनमा लालिगुँरास नेसनल एकेडेमीको बास्केटबल कोर्टमा प्रतियोगिता उद्घाटन भएको हो।

    IMG_6370.JPG

      सारोह काठमाडौँ जिल्ला उपाध्यक्ष तथा इसिए सिसिए प्रमुख धन पुनले बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्नुभयो। उद्घाटन खेल काठमाडौँ भ्याली स्कुल र लालिगुराँ नेशनल एकेडेमी बिच भयो।

    IMG_6380.JPG

    आजको अहिलो खेल द सनस

    उद्घाटन समारोहमा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष तथा इसिए/सिसिए विभाग प्रमुख धन पुन, प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुडाथोकी, सचिव झनकराज शर्मा, इसिए/सिसिए संयोजक नवराज न्यौपाने लगायतको उपस्थिति थियो।

    बास्केटबल प्रतियोगितामा काठमाडौ जिल्लामा रहेका नगरहरुबाट छनोट भएका ३६ विद्यालयको सहभागिता रहेको छ।

    प्रतियोगिताको समापन समारोह मंसिर २५ गते बिहीबार हिमरश्मी मा.वि. मा गर्ने तय भएको छ। प्रतियोगिता लालीगुराँस नेशनल एकेडेमी, एन्जल्स हर्ट सेकेन्डरी स्कुल र हिमरश्मी मा.वि. गरी तीनवटा खेल मैदानमा खेलाइने छन। खेलहरु नक आउट चणमा खेलाइने छन्।

    बास्केटबल प्रतियोगितामा बिजेता प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश रु ३०,००० रु, २०,००० र रु १५,०००, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। प्रतियोगिता अवधिभर विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै मेडिकल टिमको व्यवस्था गरिएको छ।

    बास्केटबल प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकास, आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्न साथै सहकार्य, भाइचाराको भावना र टिमवर्क सिकाउने र प्रतिभावान खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म अघि बढ्न अभिप्रेरित गर्ने उपाध्यक्ष धन पुनले बताउनुभयो ।  

    images
    सोमवार, मंसिर २३ २०८२०४:१२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार