मंगलवार, मंसिर २४ २०८२
काठमाडौँ, २०८२ – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर समितिको दोस्रो नगर भेला सम्पन्न भएको छ। सोमबार बसुन्धारास्थित सनराइज भेन्युमा सभापति अरुण कुमार केसीको अध्यक्षतामा टोखा नगर प्याब्सन दोस्रो नगर परिषद भेला - २०८२ सम्पन्न भएको हो।

भेलामा विभिन्न तहका पदाधिकारी, अतिथी तथा विद्यालय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाका प्रमुख अतिथि काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश सचिव जीवनराज पन्थी, प्रमुख सल्लाहकार तथा काठमाडौँ जिल्ला पुर्व अध्यक्ष प्रेम कुमार राई, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भन्डारी, सुर्य केसी, आरबी अधिकारी, धन पुन, सचीव कृष्ण भण्डारी, सह- सचीव, नारायण रोका, डिएन सिवाकोटी, शिव अर्याल, सौर्य आचार्य, कोषाध्यक्ष डिएन अधिकारी, काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर, नागार्जुन नगर अध्यक्ष वासुदेव घिमिरे, गोकर्णेश्वर नगरपालिका अध्यक्ष, सुदिप अधिकारी, तारकेश्वर नगरपालिका अध्यक्ष, गोपाल बुढाथोकी, बिशेष अतिथी टोखा नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र संह धामि लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा टोखा नगर प्याब्सन उपाध्यक्ष महेश पाण्डेले स्वागत मन्तव्य दिनुभयो । भने भेला संचालन टोखा नगरपालिका प्याब्सन सचीव डिल्लीराम ढुङ्गेलले गर्नुभयो। भेलामा प्याब्सन टोखा नगर कोषाध्यक्ष दिपेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
त्यस्तै संगठनात्मक तथा प्रगतिमूलक प्रतिवेदन भेलाका सभापति अरुण कुमार केसिले प्रस्तुत गर्नुभयो। टोखा प्याब्सनले हरेक बर्ष गर्ने काम कार्वाही बारे प्रतिवेदनमा प्रस्तुत गरिएको थियो। जसमध्ये अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधि, तालिम तथा पुन: ताजकी कार्यक्रम, सदस्यता वृद्धि तथा नविकरण, भविष्यका लगाएत बिषयमा बिस्तृत जानकारी दिएको थियो।

उक्त भेलामा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले निजि विद्यालयको योगदानले मात्र शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम भएको बताउनुभयो । अध्यक्ष भट्टले परिषद् भेलाले संगठनलाई जिवन्त बनाउने उल्लेख गर्दै, निजी क्षेत्रले देशमा गुणस्तरीय शिक्षा प्रवाहमा ठूलो योगदान दिएको बताउनुभयो।

उक्त कार्यक्रममा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र संह धामिले निजि विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै पालिकाले निजि र सार्वजनिक विद्यालयलाई समान व्यबहार गर्ने बताउनुभयो।

उक्त भेलामा काठमाडौ जिल्ला सल्लाहकार प्रेम कुमार राई, जिल्ला उपाध्यक्ष आर बि अधिकारी, सचिव कृष्ण भण्डारी र गोकर्णेश्वर नगरपालिका अध सुदिप अधिकारी लगाएत वक्ताहरूले मन्तव्य दिनुभयो।

भेलामा उपस्थित विभिन्न तह–तहका पदाधिकारी तथा विद्यालय प्रतिनिधिहरूले पनि निजी शिक्षाको भूमिका, पाठ्यक्रम सुधार र शैक्षिक गुणस्तरीयताबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

