Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दर्खास्त आह्वान

विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दर्खास्त आह्वान

  • 475
    SHARES

  • विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दर्खास्त आह्वान

    २३ मंसिर/ काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दर्खास्त आह्वान गरेको छ ।

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १९ को उपदफा (१) को खण्ड (क) बमोजिमको अध्यक्ष तथा खण्ड (ग) बमोजिमको सदस्य र मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २१ को उपदफा (२) को खण्ड (क) बमोजिमको अध्यक्ष तथा खण्ड (ग) बमोजिमको सदस्य पदका लागि दर्खास्त आह्वान गरेको हो ।

    इच्छुक व्यक्तिहरूले ७ दिनभित्र वैयक्तिक विवरण, शैक्षिक उपाधि, अनुभव र हाल कार्यरत रहेको भए कार्यरत पदको नियुक्ति पत्र तथा सेवा निवृत्तको हकमा पछिल्लो कार्यरत पदको प्रमाण सहितका कागजात पेश गनुपर्ने सूचनामा उल्लेख छ।

    IMG_20251209_200759.png

    बिस्तृत जानकारीका लागि यहाँबाट हेर्न सकिने छ ।

     

    images
    मंगलवार, मंसिर २४ २०८२०८:१४:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार