Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख आचार्य सम्मानित

काठमाडौँ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख आचार्य सम्मानित

  • 631
    SHARES

  • काठमाडौँ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख आचार्य सम्मानित

    काठमाडौँ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख समन्तमणी आचार्यलाई सम्मान गरिएको छ। बुधबार टोखा नगर प्याब्सनद्वारा आयोजित कार्यक्रममा आचार्यलाई शैक्षिक योगदान तथा नेतृत्व क्षमताको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

    IMG-20251211-WA0045~2.jpg

    पोखरा महानगरपालिका–२१, कास्कीमा जन्मिनुभएका समन्तमणी आचार्य पिता होतीलाल उपाध्याय आचार्य र माता स्व. मनमाया आचार्य सुपुत्र हुनुहुन्छ । उहाँले शिक्षा सेवामा २०५३ सालमा प्रवेश गर्नुभएको थियो ।

    नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धानकर्ता समेत रहनुभएका आचार्यले 'नेपालमा गुरुकुल शिक्षाकाे मुल प्रवाहिकरण, अभ्यास चुनाैति र सम्भावना' शीर्षकमा विद्यावारिधि (PhD) उपाधिका लागि आवश्यक शोधकार्य सम्पन्न गर्नुभएको छ। विश्वविद्यालयले आचार्यलाई उक्त उपाधि प्राप्त गर्न योग्य रहेको औपचारिक प्रमाणत्र प्रदान गरेको छ। संस्कृत भाषामा जारी गरिएको प्रमाणमा आचार्यले विद्यावारिधि उपाधि प्राप्त गर्न योग्यता हासिल गरेको उल्लेख छ।

    FB_IMG_1765385015437.jpg

    सम्मान कार्यक्रम प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण कुमार केसिको सभापतित्वमा प्याब्सन केन्द्रिय उपाध्यक्ष थकिन कुमार गुरुङ प्रमुख अतिथी रहनुभएको थियो। उक्त कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला सह-सचिव नारायण रोका, जिल्ला पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार प्रेम कुमार राई लगायतले आचार्यको योगदान प्रशंसनीय रहेको बताउँदै बधाई तथा शुभकामना व्यक्त गरे।

    IMG-20251211-WA0068~2.jpg

    सो कार्यक्रममा टोखा नगर शिक्षा समितिका प्रमुख खगेन्द्र धामिले समन्वय इकाई प्रमुख आचार्यलाई बधाई दिनुभयो। टोखा प्याब्सन नगरसमितिले सम्मान कार्यक्रम राखेको प्रती खुसी हुँदै धामिले नेपालमा निजि विद्यालयको योगदान अतुलनीय रहेकोले सार्वजनिक र निजि विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताउनुभयो। उहाँले टोखा नगरपालिकाले त्यसकुरामा ध्यान दिएको पनि बताउनुभयो।

    IMG-20251211-WA0050.jpg

    सो कार्यक्रममा टोखा नगर प्याब्सनका अध्यक्ष अरुण कुमार केसिले डा. समन्तमणि आचार्यले दुर्लभ बन्दै गएकाे गुरुकुलिए प्रणालीका बारेमा गहिराे अध्ययन र चिन्तन गरि विद्यावारिधि गर्नुभएकोमा बधाई तथा सम्मान प्रकट गर्नुभयो । सोध कार्यले लाेप हुँदै गएकाे गुरुकुल प्रणालीकाे उजागर गर्न एउटा काेसेढुंगा सावित हुने विश्वास लिएको केसिले बताउनुभयो ।

    IMG-20251211-WA0067.jpg

    सम्मान कार्यक्रममा आचार्यले आफूलाई प्रदान गरिएको सम्मानले शिक्षा क्षेत्रको सुधार, अनुसन्धान र कार्यान्वयनमा अझै जिम्मेवारी थपिएको प्रतिक्रिया व्यक्त गर्दै सबैप्रति धन्यवाद प्रकट गर्नुभयो।

    सम्मान कार्यक्रमकाे संयाेजन पृथ्वि सेकेन्डरि बाेर्डिङ स्कुलका प्रिन्सिपल रस्मिता थापाले गर्नुभएको थियो ।

    IMG-20251211-WA0075.jpg

    उक्त कार्यक्रममा विशेष अतिथिकाे रुपमा प्याब्सन वागमती प्रदेशकाे सल्लाहाकार रामहरि अधिकारी , काठमाडौ जिल्ला प्याव्सनका प्रमुख सल्लाहाकार प्रेम कुमार राई , जिल्ला प्याव्सन काठमाडौँका सह-सचिव नारायण राेका, साउथवेष्टर्न स्टेट कलेजका सहायक प्रिन्सिपल हरिसिंह के सी, पुर्व केन्द्रीय सदस्य हरिदास श्रेष्ठ, लगाएत विभिन्न स्कुलका प्रिन्सिपलहरुकाे उपस्थित रहेकाे थियाे ।

    images
    बिहिवार, मंसिर २६ २०८२१२:४२:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार