Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौँ  महानगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

प्याब्सन काठमाडौँ  महानगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

  • 361
    SHARES

  • प्याब्सन काठमाडौँ  महानगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

    कीर्तिपुर, २०८२ – प्याब्सन काठमाडौँ महानगरको दोस्रो नगर परिषद् भेला सम्पन्न भएको छ। बुधवार काठमाडौँको धुम्बाराहिस्थित स्मार्ट महको सभाहलमा अध्यक्ष गगनसिह ऐनको सभापतित्व काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा दोस्रो नगर परिषद भेला - २०८२ सम्पन्न भएको हो।

    IMG-20251210-WA0078.jpg

    विभिन्न तहका पदाधिकारी, अतिथी तथा विद्यालय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त भेलाले हालसम्मकै उत्कृष्ट र छरितो कार्यक्रम गर्दै विभिन्न प्रकारका योजनाहरू समेत कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

    IMG-20251210-WA0135~2.jpg

    परिषद भेलामा महानगरले ५ वटा कार्ययोजनाहरु सार्वजनिक गरेको थियो। जसमध्ये छात्रवृत्ति सम्बन्धी कार्ययोजना, सदस्य विद्यालय स्वास्थ सम्बन्धि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने कार्ययोजना, महानगरको जर्नल प्रकाशन गर्ने कार्ययोजना, प्याब्सन काठमाडौँ  महानगरका क्रियाकलाप बारे जानकारी दिन आफ्नै वेवसाइट निर्माण गर्ने कार्ययोजना र  विद्यार्थीहरुले विभिन्न समयमा सिर्जना गरेका कविताहरुलाई समेटिएर कविता संग्रह प्रकाशन गर्ने कार्ययोजना रहेका छन्।

    IMG-20251210-WA0121.jpg

    प्याब्सन काठमाडौँ महानगरले विभिन्न शैक्षिक ब्यक्तित्वहरुलाई महानगर गोरख सम्मानद्वारा सम्मानित गरेको थियो। जसमा प्रोफेसर डा. प्रेम नारयण अर्याल, बाशु काफ्लेलाई सम्मान गरिएको थियो। त्यसैगरी बालबाकिकाको स्वास्थ्यमा खटिने डा. अनिल क्षेत्री, डा. दिनेश कोइराला, डा. अरुणा उप्रेतीलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा पूर्व नगर प्रमुखहरु टंक चापागाईं, डिएन सिवाकोटी, धनपु न, जीराम दाहाल, दिपक महर्जन लगाएतलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा साहित्यकार, लोक तथा डेउडा गायक भोजराज भट्टराई समेत सम्मान गरिएको थियो।

    IMG-20251210-WA0150~2.jpg

    उक्त कार्यक्रममा महानगरका वरिष्ठ उपाध्यक्ष राजन आचार्यले स्वागत मन्तब्य दिनुभयो । भने भेला संचालन काठमाडौँ महानगरपालिकाका सचीव आरसी अधिकारीले गर्नुभयो। भेलामा उपाध्यक्ष रबिन बस्नेतले प्रतिवेदन प्रस्तुत गर्नुभयो।

    उक्त भेलामा नगरहरुको तर्फबाट कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारीले मन्तव्य दिनुभयो ।

    IMG-20251210-WA0090.jpg

    IMG-20251210-WA0140.jpg

     

    उक्त भेलामा  काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले निजी लगानीमा सञ्चालन हुने विद्यालय नभए देशको समग्र शिक्षा प्रणाली ठप्प हुने बताए। निजी विद्यालयको योगदानले मात्र शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम भएको उनको तर्क थियो।

    IMG-20251210-WA0134.jpg

    अन्त्यमा काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐरले पारिषद्को बारे संछिप्त बोल्दै वभिन्न,क्षेत्रमा काम गर्दै आएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको र प्याब्सन काठमाडौँ महानगरले शैक्षिक क्रियाकलापमा बिशेष जोड दिने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

    IMG-20251210-WA0116.jpg

    उक्त भेलामा प्याब्सनका राष्ट्रिय सह-अध्यक्ष गोपाल प्रसाद आचार्य, बागमती प्रदेश प्याब्सन अध्यक्ष मुरारी प्रकाश संजेल, काठमाडौँ जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भन्डारी, सुर्य केसी, धन पुन, आरबी अधिकारी, सचीव कृष्ण भण्डारी, नगर अध्यक्ष वासुदेव घिमिरे, रबि भण्डारी, प्याब्सन काठमाडौँ  जिल्ला सहसचिव नारायण रोका, सौर्य आचार्य, डिएन सिवाकोटी, कोषाध्यक्ष डिएन अधिकारी, सह कोषाध्यक्ष - अनिल सुब्बा काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर, विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

    IMG-20251210-WA0188.jpgIMG-20251210-WA0083.jpgIMG-20251210-WA0080.jpgIMG-20251210-WA0085.jpg

    images
    बिहिवार, मंसिर २६ २०८२०८:३४:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार