Oct 02 2026 | २०८३, आश्विन १६ गते

श्री नविनज्योती भ्वाइस आइडल २०८२ सम्पन्न

श्री नविनज्योती भ्वाइस आइडल २०८२ सम्पन्न

  • 581
    SHARES

  • श्री नविनज्योती भ्वाइस आइडल २०८२ सम्पन्न

    काठमाडौँ। नागार्जुन नगरपालिका वडा ८ भिमढुंगा स्थित श्री नवीन ज्योती स्कुलद्वारा आयोजना गरिएको श्री नविनज्योती भ्वाइस आइडल- २०८२ सम्पन्न। बालबालिकाको सर्वाङ्गिण विकासको लागि आयोजना गरिएको भ्वाइस आइडल- २०८२बिहिबार एक भब्य कार्यक्रमका विच उक्त कार्यक्रम सम्पन्न भएको हो।

    FB_IMG_1765555041171.jpg

    नविनज्योती भ्वाइस आइडल २०८२ को भ्वाइस आइडल सिनियर र जुनियर गरि दुई क्याटागोरिमा सम्पन्न भयो। जसमध्ये सिनियर तर्फ कक्षा ८ कि अनुरा रिमाल प्रथम, कक्षा ८ कै अनुशा उप्रेती द्वितीय, कक्षा ९ का अर्पन लामा तृतीय र कक्षा ९ कै शुभम मानन्धर चौथो भए।

    FB_IMG_1765555978168.jpg

    त्यसगरी जुनियर तर्फ कक्षा ५ का रोजा खनाल प्रथम, ५ कै सिम्रन कुवर द्वितीय, कक्षा ५ कै सानभी सुवेदी तृतीय र कक्षा ६ का सिद्धान्त कार्की चौथो भए।

    विद्यालयका अनुसार विद्यार्थीहरू केवल शैक्षिक नतिजामा मात्र केन्द्रित नहोस् भन्ने उद्देश्यले अतिरिक्त क्रियाकलापमा सहभागी गराउन निरन्तर ध्यान दिइएको छ। यसै सन्दर्भमा विद्यालयले डान्स कक्षा, अभाकस, हस्तलिपि (handwriting) कक्षा लगायत विभिन्न सिर्जनात्मक कक्षाहरू सञ्चालन गरिरहेको छ।

    IMG-20251212-WA0004.jpg

    उक्त प्रतियोगिताका लागि अडिसन राउन्डमार्फत विद्यार्थीहरूको छनोट गरिएको थियो। छनोट चरण पार गरेका बालबालिकाहरूले मुख्य चरणमा आफ्नो प्रस्तुति दिएका थिए।

    कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान र आत्मविश्वास विकासमा महत्त्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

    FB_IMG_1765555983064.jpg

    images
    शुक्रवार, मंसिर २७ २०८२०९:५६:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार