Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन चन्द्रागिरी नगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

प्याब्सन चन्द्रागिरी नगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

  • 539
    SHARES

  • प्याब्सन चन्द्रागिरी नगरको दोस्रो नगर परिषद् भेला सम्पन्न

    काठमाडौँ, २०८२ – प्याब्सन चन्द्रागिरी नगरपालिकाको दोस्रो नगर परिषद् भेला सम्पन्न भएको छ। शनिवार काठमाडौँको नैकापस्थित एक सभाहलमा अध्यक्ष  सरोज महर्जनको सभापतित्व काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा दोस्रो नगर परिषद भेला - २०८२ सम्पन्न भएको हो।

    परिषद भेलामा चन्द्रागिरी प्याब्सनका सचीव प्रमोद जिसिले संगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णहरि बस्नेतले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । दुबै प्रतिदेवदन हलबाट सर्वसम्मतीले पारित भए।

    उक्त कार्यक्रममा चन्द्रागिरी प्याब्सनका उपाध्यक्ष बालकृष्ण भेटवालले स्वागत मन्तव्य राख्नुभयो। भने भेला संचालन नगर सचिव प्रमोद जिसिले गर्नुभयो।

     उक्त भेलामा  काठमाडौँ  जिल्ला अध्यक्ष नवराज भट्टले प्याब्सन चन्द्रागिरी काठमाडौँ जिल्ला हाल अत्यन्तै सक्रिय रहेको र प्याब्सन संगठनिक हित र निजि विद्यालयको सुरक्षाको लागि काम गरिरहेको बताउनुभयो । अध्यक्ष भट्टले निजी विद्यालयको योगदानले मात्र शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम भएको उनको तर्क थियो।

    भेलामा चन्द्रागिरी नगरपालिकाका अध्यक्ष  सरोज महर्जनले परिषद्को बारे संछिप्त बोल्दै प्याब्सन चन्द्रागिरी नगरपालिकाले शैक्षिक क्रियाकलापमा बिशेष जोड दिने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

    उक्त भेलामा प्याब्सनका प्राज्ञिक सल्लाहकार मोहन कार्की, दिलिप थापा, प्याब्सन काठमाडौँ जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भण्डारी, सुर्य केसी, आरबी अधिकारी, धन पुन, सचीव कृष्ण भण्डारी, काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर, नगर अध्यक्ष वासुदेव घिमिरे, रबि भण्डारी, प्याब्सन काठमाडौँ  जिल्ला सहसचिव सौर्य आचार्य, डिएन सिवाकोटी, दिनेश पाण्डे, सह कोषाध्यक्ष - अनिल सुब्बा लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

    भेलामा उपस्थित विभिन्न तह–तहका पदाधिकारी तथा विद्यालय प्रिन्सिपल प्रतिनिधिहरूले पनि निजी शिक्षाको भूमिका, पाठ्यक्रम सुधार र शैक्षिक गुणस्तरीयताबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

    images
    आइतवार, मंसिर २९ २०८२१०:२६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार