Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानाध्यापक क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रधानाध्यापक क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 520
    SHARES

  • प्रधानाध्यापक क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौँले प्रधानाध्यापक क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतवार  विश्व निकेतन माध्यमिक विद्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्यko अध्यक्षतामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूका लागि क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।

    FB_IMG_1765714006883~2.jpg

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १० देखि १४ तथा २० देखि ३२ सम्मका सामुदायिक माध्यमिक विद्यालयहरू साथै दक्षिणकाली र कीर्तिपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा नेपाल सरकारका सहसचिव श्री नन्दलाल पौडेलले शैक्षिक गुणस्तरका विषयमा धारणा राख्नुभयो। उक्त कार्यक्रममा गुणस्तरीय तथा सुन्दर विद्यालय निर्माण, विद्यालय व्यवस्थापन र असल अभ्यासका विषयमा नारायणी नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले आफ्नो महत्वपुर्ण भनाई राख्नु भयो।

    FB_IMG_1765713982979~2.jpg

    कार्यक्रममा शिक्षा अधिकृत श्री कृष्णकुमार श्रेष्ठले जिल्लाको शैक्षिक गतिविधि, शैक्षिक ऐन–नियम तथा शिक्षकको वृत्ति विकासका विषयमा धारणा राख्नुभएको थियो।

    कार्यक्रम शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी, सहभागितामूलक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    कार्यक्रममा बोल्दै इकाइ प्रमुख समन्तमणी आचार्यले प्रधानाध्यापक क्षमता अभिवृद्धि विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि समय सापक्ष कार्य भएको बताउनुभयो। उहाँले प्रधानाध्यापकलाई शैक्षिक नेतृत्व, शिक्षक ब्यबस्थापन, प्रशासनिक दक्षता, शिक्षण विधि छनौट, उच्चतम सिकाइ उपलब्धि हासिल, प्रविधिको प्रयोग, समावेशी शिक्षण लगाएतका क्षमता बिकास गर्न यस्ता कार्यले प्रभाव पार्ने र फलस्वरूप प्रधानाध्यापकहरु आफ्ना विद्यालय दिनानुदिन दीर्घकालीन योजना, नवप्रवर्तन एवम् उत्तरदायी, जवाफदेही नेतृत्व बिकास गर्न सक्षम हुने बताउनुभयो।FB_IMG_1765714044136~2.jpg

    यसरी सक्षम र दुरदर्शि प्रधानाध्यापकका कारण विद्यालयमा गुणस्तर वृद्धि, नवप्रवर्तन प्रवद्धन भई दीर्घकालीन रुपमा विद्यार्थीको सिकाइ उपलब्धि एवम् विद्यालय प्रति अभिभावक, समुदाय तथा सरोकारवालाको बिश्वासनियता अभिवृद्धि हुने आचार्यको भनाई छ।

     

    images
    सोमवार, मंसिर ३० २०८२१२:३६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार