मंगलवार, पौष १ २०८२
१, पुस / काठमाडौ । कामना इन्टरनेसनल स्कुल तथा कलेजको स्पोर्ट्स मिट शुरु भएको छ। सोमबार कलेज परिसरमा बिशेष मार्चपास सहित एक भब्य कार्यक्रमवीच स्पोर्ट्स मिट- २०८२ शुरु हो।

खेलकुद समारोहमा कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईको सभापतित्वमा भयो। खेल उद्घाटन समारोहमा स्कुल तथा कलेजा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।

खेलकुद सप्ताहले विद्यार्थीहरु बिच हुने स्वस्थ हुने र उक्त प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्ने कामना फाउन्डेसनका अध्यक्ष भट्टराईको भनाई छ।

खेलकुद सप्ताह कार्यक्रममा बास्केटबल, फूटसल, टेवलटेमिस, बेडमिन्टन, कबड्डि, म्याराथन म्याथम्याटिकल रेस, मेमोरी टेस्ट, लगाएत २२ भन्दा बढी खेलहरु खेलाइने खेलकुद संयोजक बबिता गुरुङले जानकारी गराउनुभयो। खेलकुद प्रतियोगितामा विद्यालयका दुई सयभन्दा बढी विद्यार्थी सहभागी हुने विद्यालय कोर्डिनेटर विशाल भट्टराईले जानकारी दिनुभयो। खेलकुद सप्ताहका खेलहरु आगामी पुस तीन गते सापन हुने विद्यालयले जानकारी दिएको छ।
