मंगलवार, पौष १ २०८२
रामेछाप- १, पुस । रामेछापको उमाकुण्ड गाउँपालिकाले नि:शुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आफ्ना नागरिकलाई सरकारी जागिरे बनाउन नि:शुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
पलिकाले निःशुल्क लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि संचालन हुने तयारी कक्षामा सहभागिताका लागि आवेदन पेश गर्न सार्वजनिक सूचना सार्वजनिक गरेको छ।
उमाकुण्ड गाउँपालिकाले आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा स्थायी वसोवास गर्ने कक्षा १२ उत्तीर्ण गरेका युवाहरुलाई संघीय लोकसेवा आयोगले लिने नायब सुब्बा (अप्राविधिक) एंव बागमती प्रदेश लोक सेवा आयोगले लिने पाँचौ तह (अप्राविधिक) र शिक्षक सेवा आयोगले लिने प्राथमिक तहको तयारी कक्षा निःशुल्क रुपमा संचालन गर्न गइरहेको हुनाले इच्छुक युवाहरुलाई मिति २०८२ पुस १० गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
यस्तो छ सूचना !
