Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को विद्यार्थिको लागि रजिस्ट्रेशन फारम बुझाउने म्याद थप

कक्षा ११ को विद्यार्थिको लागि रजिस्ट्रेशन फारम बुझाउने म्याद थप

  • 994
    SHARES

  • कक्षा ११ को विद्यार्थिको लागि रजिस्ट्रेशन फारम बुझाउने म्याद थप

    काठमाडौँ। राष्ट्रिय परिक्षा बोर्डले शैक्षिक सत्र २०८२/८३ का कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता (रजिस्ट्रेसन) फाराम बुझाउने म्याद थप गरेको छ।

    बोर्डका अनुसार, यसअघि सूचना जारी गर्दै मिति २०८२ मंसिर १० गतेभित्र सम्बन्धित कार्यालयमा दर्ता फाराम बुझाउन भनिए पनि विभिन्न कारणवश फाराम बुझाउन छुट भएका विद्यार्थीहरूको लागि विषय दर्ता (रजिस्ट्रेसन) फाराम बुझाउने म्याद थप गरेको हो।

    विविध कारणले फारम बुझाउन छुट भएका विद्यार्थीले तोकिएको म्यादभित्र (मिति २०८२ साल कात्तिक मसान्तसम्म विलम्ब शुल्करहित र मिति २०८२ साल मंसिर ७ गतेभित्र विलम्ब शुल्कसहित) बोर्डको खातामा शुल्क दाखिला गरेका विद्यार्थीको हकमा सोही शुल्क अनुसार एवं तोकिएको म्यादमा शुल्क नबुझाएका विद्यार्थीहरूको हकमा विलम्ब शुल्कसहितको रकम दाखिला गरी/गराई मिति २०८२ पुस १४ गतेभित्र विलम्ब शुल्कसहि दर्ता फाराम सक्कल तथा विद्युतीय प्रति दुवै बुझाउन सक्नेछन्। भने समयमै शुल्क नबुझाएका विद्यार्थीहरूले विलम्ब शुल्कसहितको रकम दाखिला गरी सोही मितिसम्म दर्ता फाराम बुझाउनुपर्नेछ।

    FB_IMG_1766149999974.jpg

    images
    शुक्रवार, पौष ४ २०८२०७:११:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार