शनिवार, पौष ५ २०८२
काठमाडौँ । नर्थ वेस्ट्रन प्राइभेट स्कुल अर्गनाइजेसन (नोप्सो)ले आयोजना गरेको क्विज कन्टेस्टको उपाधी विभूति स्कुलले जितेको छ। शुक्रबार काठमाडौँको रानिवनस्थित बाटिका स्कुलले संयोजन गरेको १२ विद्यालय सम्मीलित क्विज कन्टेसटमा द्वितीय स्थान मण्डलला स्कुलले जित्यो।

क्विज कन्टेस्टमा तृतीय- टोड्लर्स एकेडेमी, चौथो- पिपुल्स फ्रेन्डसिप एकेडेमी , पाचौं-हार्दिक एकेडेमी छैटौं- सिग्मा स्कुलले ट्रफी हात पारे। उक्त प्रतियोगितामा पहिलो चरण बाट छनोट भएका छ वटा विद्यलय फाइनल राउन्डमा गएका थिए।

उक्त कार्यक्रम नोप्सोका अध्यक्ष तथा विभूति स्कुलका प्राचार्य राजेश्वर श्रेष्ठको सभापतित्व मा सम्पन्न भयो। क्विज कन्टेस्ट बाटिका स्कुलका प्रिन्सिपल तथा नोप्सोका संस्थापक बौद्धिक ब्याक्तित्व युवराज बस्ताकोटिले संचालन गर्नुभयो।

उक्त कार्यक्रममा नोप्सो सचीव तथा हार्दिक एकेडेमीका प्राचार्य हरिविक्रम खड्का, नोप्सो पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, पुर्व कोषाध्यक्ष , पुर्ण बहादुर लामिछाने लगाएत विभिन्न स्कुलका प्राचार्य तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।
