Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक कर्मचारीलाई स्थानीय भत्ता भुक्तानी गर्न बजेट नपुगेको भन्दै केन्द्रलाई पत्र

शिक्षक कर्मचारीलाई स्थानीय भत्ता भुक्तानी गर्न बजेट नपुगेको भन्दै केन्द्रलाई पत्र

  • 258
    SHARES

  • शिक्षक कर्मचारीलाई स्थानीय भत्ता भुक्तानी गर्न बजेट नपुगेको भन्दै केन्द्रलाई पत्र

    पुस, प्यूठानको गौमुखी गाउँपालिकामा शिक्षकको स्थानीय भत्ता भुक्तानी गर्न आवश्यक बजेट नपुगेको भन्दै शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्र लेखेको छ।

    चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सशर्त अनुदानअन्तर्गत विनियोजित शिक्षक तलबभत्ता शीर्षकको रकम अपर्याप्त भएपछि गाउँपालिकाले थप बजेट माग गर्दै केन्द्रलाई पत्र लेखेको हो।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/०८३ अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी तथा करार शिक्षक र प्राविधिक धारमा कार्यरत प्रशिक्षक/सहायक प्रशिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था छ।

    स्थानीय भत्ता पाउने जिल्लामा कार्यरत शिक्षकलाई वर्षभरि जम्मा १०.५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने प्रावधान कार्यविधिमा उल्लेख गरिएको छ। नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०७१/०४/०२ को पत्रअनुसार वि.सं. २०८१ साउन १ गतेदेखि स्थानीय भत्ता प्रयोजनका लागि गरिएको स्थान वर्गीकरणमा गौमुखी गाउँपालिका “ग” वर्ग अन्तर्गत पर्ने पालिका हो। यस आधारमा यहाँ कार्यरत शिक्षकहरू स्थानीय भत्ता पाउने श्रेणीमा पर्दछन्।

    तर, गत आर्थिक वर्षमा शिक्षकहरूको स्थानीय भत्ता भुक्तानी नभएको र चालु आर्थिक वर्षदेखि शिक्षकहरूले उक्त भत्ताको दाबी गर्न थालेपछि समस्या झन् जटिल बनेको गाउँपालिकाको भनाइ छ। यसका लागि आवश्यक रकम सशर्त अनुदानअन्तर्गत विनियोजित बजेटबाट नपुग्ने देखिएको भन्दै थप बजेटको माग गरिएको हो।

    गाउँपालिकाका अनुसार शिक्षकहरूको स्थानीय भत्ता भुक्तानीका लागि ६८ लाख ७० हजार ४४५ रुपैयाँ आवश्यक छ। हाल उपलब्ध बजेटले उक्त रकम धान्न नसक्ने भएकाले सोही बराबरको नपुग बजेट उपलब्ध गराइदिन केन्द्रसँग आग्रह गरिएको छ।

    images
    आइतवार, पौष ६ २०८२०७:१४:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार