आइतवार, पौष ६ २०८२
काठमाडौँ। काठमाडौँको ठूलो भर्याङस्थित लिटिल क्लाइम्बर्स स्कुलले सगरमाथा आरोही सुरज पौडेललाई सम्मान गरेको छ। आइतबार कक्षा ८, ९ र १० का विद्यार्थीहरूको विशेष उपस्थितिमा पौडेललाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा आरोही पौडेलले विद्यार्थीहरूलाई नेपालको हिमालय शृङ्खला, सगरमाथा आरोहणका अनुभव, अन्तर्राष्ट्रिय सिमाना, हिमशृङ्खलामा देखा पर्ने प्राकृतिक प्रकोप र त्यसबाट जोगिन सकिने उपायका बारेमा उपयोगी जानकारी प्रदान गरे।

त्यससँगै उनले हिम क्षेत्रको पर्यटन सम्भावना, चुनौतीपूर्ण यात्राबाट सिकिने शिक्षा तथा लक्ष्यप्रति समर्पणका विषयमा प्रेरणादायी भनाइहरू राखे। उनका अनुसार सपना देख्नुपर्ने, कठिनाइ सहनुपर्ने र असम्भव जस्तो लाग्ने कार्य पनि निरन्तर मेहनत र साहसद्वारा सम्भव बनाउन सकिने सन्देश विद्यार्थीहरूले आरोहीको जीवनबाट सिक्न सक्नेछन्।

सम्मान कार्यक्रममा बोल्दै लिटिल क्लाइम्बर्स स्कुलका प्रिन्सिपल दिलिप रेग्मिले दोसल्ला ओढाएर सम्मान सहित कदरपत्र प्रत्र प्रदान गर्नुभयो। उहाँले सगरमाथा आरोही पौडेलबाट विद्यार्थीहरुले धेरै कुरा सिक्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कविता नेपालले आरोही पौडेललाई खादा ओढाएर सम्मान गर्नुभयो ।

सुरज पौडेलले पहिलो प्रयासमै सगरमाथा आरोहण गर्न सफल भएका हुन्। उहाँ सशस्त्र प्रहरीमा डीएसपी पदमा कार्यरत छन् र “मेहनत कहिल्यै खेर जाँदैन” भन्ने सन्देश उनीहरूले कार्यक्रममार्फत विद्यार्थीलाई दिएका छन्।


